प्रश्न: अनन्तको जीवन पाउनु भएको छ?

उत्तर:
बाइबलले अनन्त जीवनको बाटो प्रत्यक्ष देखाउँदछ। सबभन्दा पहिले, हामीले परमेश्वरका बिरुध्द पाप गरेकाछौ भनेर चिन्नु पर्दछ: “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३)। हामी सबैले परमेश्वरलाई मन नपर्नेकुराहरु गरेका छौ , जसलेगर्दा हामी दण्ड भोग्नकालागी भागीदार थियौ। हामीहरुको पाप अनन्तका परमेश्वरका बिरुध्द भएकोले अनन्तको संजायले मात्र पुग्ने थियो।”किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो” (रोमी ६:२३)।

तरपनि, येशु ख्रीष्ट पाप रहित (१पत्रुश२:२२), परमेश्वरका अनन्त पुत्र एकमानिस बन्नुभयो(यहुन्ना१:१,१४) र हाम्रो वलिदानको लागि मर्नु भयो।”तर परमेश्वरले हाम्रा निम्ति ऊहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नु भयो” (रोमी५:८)। येशु ख्रीष्ट क्रुशमा मर्नु भयो(यहुन्ना१९:३१- ४२), हाम्रो निम्ति लायक दण्ड आफ्नो भार बनाइलिनु भयो(२ कोरन्थी ५:२१)। तीन दिन पछि ऊहाँ मृत्युबाट बौरी उठ्नु भएको छ (१कोरन्थी १५:१ - ४), ऊहाँले पाप र मृत्यु माथि बिजय हाशिल गर्नुभएको प्रमाणीत भएको छ। “परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! ऊहाँको महान् कृपाले मृतकबाट येशु ख्रिष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (१पत्रुस १:३)

हामी आफ्नो पापबाट फर्कि विश्वासद्वारा मुत्तीका लागि येशुकाहाँ मोद्नु जरुरी छ (प्ररित ३:१९)। यदि हामी आफ्नो विश्वास ऊहाँमा राख्दछौ, ऊहाँको क्रुशको वलिदान बाट हाम्रो पाप क्षमाको भरोसा गर्दछौ भने, हामीलाई ऊहाँले क्षमा दिनुहुन्छ र स्वर्गमा अनन्त जीवनको बचन दिनु भएकोछ। “किनभने परमेश्वरले सँसारलाई यस्तो प्रेम गर्नुभयो, कि ऊहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि ऊहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यहुन्ना३: १६)। “किनकि यदि तिमीले येशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले ऊहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्रिदयमा विश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ(रोमी १०:९)। ख्रीष्टले क्रुशमा सिध्द्याउनु भएको काममा विश्वास गर्नुमात्र अनन्त जिवनको साँचो बाटो हो! “किनभने अनुग्रहबाट विश्वास द्वारा तिमिहरुले उद्वार पाएका छौ- र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरुद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी २: ८- ९)।

यदि तपाई येशु ख्रीष्टलाई ग्रहण गर्न चाहनु हुन्छ भने, यहाँ एक प्रार्थनाको उदाहरण छ। तर सम्झनुहोस्, यो प्रार्थना वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र तपाईलाई पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र अनन्त जीवन बरदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको उपहारको लागि धन्यवाद दिन्दछु! आमेन!”

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: परमेश्वरबाट मैले क्षमा कसरी प्राप्त गर्ने?

उत्तर:
प्रेरीत १३:३८ घोषणा गर्छ, “यसकारण भाई हो, तपाईहरुलाई थाहा होस्, कि यो नै मानिस द्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईहरुलाई गरिएको छ।”

क्षमा के हो र त्यो मलाई किन चाहिन्छ?

‘क्षमा’ शब्दको अर्थ श्लेटलाई मेटाएर सफा पार्नु , छुत्कारा दिनु, ऋण मेटाउनु हो। हामीले कसैलाई गल्ती गरे हामी मेलमिलापको लागि माफी माग्न चाहन्छौ। ब्यत्ति माफि लायकको छ भनेर क्षमा कसैलाई दिइदैन।क्षमाको हकवाला एकजनापनि हुदैन।क्षमा एक माया, दया र करुणाको प्रकृयाहो। क्षमादान तपाईलाई अरुले जेसुकै गरेतापनि त्यसको केहि वास्ता नलिने एक निर्णय हो।

बाइबलले हामीलाई भन्दछ कि हामी सबैका लागि परमेश्वरको क्षमाको अवश्यक्ता छ।हामी सबैले पाप गरेका छौं। उपदेशक७:२० घोषणा गर्दछ “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिले भुल गर्दैन।” १ यहुन्ना१:८ भन्छ, “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैंलाई धोखा दिन्छौं, र हामीमा सत्य हुंदैन।” सबै पाप परमेश्वर खिलाफ एक बिद्रोह हो(भजन संग्रह५१:४)। यसैले गर्दा, हामीलाई परमेश्वरको क्षमा अत्यावश्यक छ। यदि हाम्रो पापमाफी नभए हाम्रो पापको कारणले हामी अनन्त सम्म दुख्ख सहेर बिताउनेछौं(मत्ती २५:४६, यहुन्ना३:३६)।

क्षमा - कसरी पाउने?

धन्य होश, परमेश्वर प्रेमिलो र दयालु हुनुहुन्छ- हाम्रो पाप माफ दिन तिघ्रमन गर्नुहुन्छ! २पत्रुश३:९ ले भन्दछ, “ ... तर कोहि पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरुन् भन्ने इच्छा गरेर प्रभु तिमीहरु प्रति धैर्यवान् हुनुहुन्छ”।परमेश्वर हामीलाई क्षमा दिन चाहानुहुन्छ, त्यसैले उहाँले हाम्रो लागी क्षमा दिलाउनु भयो।

पापको एक मात्र योग्य सजांय मृत्यु हो। रोमी ६:२३ को पहिलो भाग जनाउंदछ, “पापको ज्याला मृत्यु हो...” अनन्तको मृत्यु हामीले आफ्नो पापद्वारा कमाएका छौं। परमेश्वर, ऊहाँको सिध्द उपाए अनुरुप एक मानव - येशु ख्रीष्ट बन्नुभयो(यहुन्ना१:१,१४)। येशु क्रुशमा मर्नुभयो, हाम्रो योग्यको संजाय- मृत्युलाई अंगाल्नु भयो। २ कोरन्थी५:२१ हामीलाई सिकाउंदछ”किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई हाम्रो खातिर पाप बनाउनु भयो”।येशु क्रुशमा मारिनु भयो, हाम्रो योग्यको दण्ड लिनुभयो! परमेश्वर हुनुभएकोले येशुको मृत्यु द्वारा सारा संसारको पापको क्षमा भएको छ।१यहुन्ना २:२ भन्दछ”उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्तिमात्र होइन तर सारा संसारका पापका निम्ति पनि”।येशु उहाँको पाप र मृत्यु माथि बिजय भएको प्रचार गर्दै, मृत्युबाट बौरि उठ्नु भयो(१ यहुन्ना १५:१-२८)। परमेश्वरको आराधना होश, येशु ख्रीष्टको मृत्यु र पुनरउत्थान बाट रोमी६:२३दोश्रोभाग साँचो छ “... तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो”।

के तपाई आफ्ना पापहरुको क्षमा चाहानुहुन्छ? के तपाईलाई दोशी भएको जस्तो ,जादैं नजाने गरी घचघचाइ हुने महसुश लाग्छ? यदि तपाईले येशु ख्रीष्टमा आफ्नो मुत्तीदाता भनेर विश्वाश गर्नुहुन्छ भने , तपाईको पापहरुका क्षमा पाउनु हुनेछ। एफिसी१:७ भन्छ, “ उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्वार , हाम्रो पापको क्षमा पाउछौं।” येशुले हाम्रो पापको ऋण तिर्नुभयो, ताकि हामीले क्षमा पाउन सकौं। केवल परमेश्वरसंग येशुद्वारा माफि माग्नुहोश, बिश्वास गर्नुस कि येशुले उहाँको मृत्युबाट हाम्रो क्षमा दिनु भयो- उहाँले हामीलाई क्षमा दिनुहुनेछ! यहुन्ना३:१६-१७ मा समावेश मिठो वचन छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन , तर संसार उहाँ द्वारा बाँचोस् भनेर पठाउनुभयो।”

क्षमादान - के सांच्चै यस्तो सजिलो?

हो, यो सजिलो छ। तपाईले परमेश्वरबाट क्षमा कमाउन सक्नुहुन्न। नकि तपाईले परमेश्वरसंग क्षमाको मोल तिर्न सक्नुहुन्छ।परमेश्वरको अनुग्रह र दयाको कारण, तपाईले केवल विश्वास साथ ग्रहणगर्न मात्र सक्नुहुन्छ ।यदि तपाई येशु ख्रीष्टलाई ग्रहण गर्न चाहनु हुन्छ भने, यहाँ एक प्रार्थना तपाई गर्नसक्नुहुन्छ। तर सम्झनुहोस्, यो प्रार्थना वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई क्षमादान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि धन्यवाद दिन्दछु! आमेन!”

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो?

उत्तर:
पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो? समयले नढलेको बाईबल खण्ड बाट यस प्रश्नको उत्तर दिने यहुन्ना३:१-२१हो। प्रभु येशुले निकोदेमस एक प्रभावशाली धर्मगुरु, एक यहुदी शासनका सदश्य संग वार्ता गर्नुभएको थियो।निकोदेमस येशुकाहाँ बेलुकि आएकाह थिए।निकोदेमस संग येशुलाई सोध्ने धेरै प्रश्नहरु थिए।

येशु जब निकोदेमस संग कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो”... सांच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” निकोदेमसले उहाँलाई भने, “मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोश्रो चोटि पसेर जन्मन सक्छ?” येशुले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो।मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान ...” (यहुन्ना३:३-७)।

“पुनर्जन्म” पदको खास मतलब“माथीबाट जन्मिनु” हो।निकोदेमसलाई एक साँचो खाँचो थियो। उनलाई मनको परिवर्तन चाहिएको थियो- एक आत्मिक जाग्रिति। नयाँ जन्म, फेरी जन्मिनु , परमेश्वरको प्रकृया हो, जुनबाट अनन्तको जीवन बिश्वास गर्ने ब्यत्तिलाई दिइन्छ(२कोरन्थी५:१७,तीतस३:५;१पत्रुस१:३;१यहुन्ना२:२९;३:९;४:७;५:१-४,१८)।यहुन्ना१:१२,१३ जनाउँछ कि”पुनर्जन्म” ले”परमेश्वरका सन्तान बन्ने” एकमात्र उपाए येशु ख्रिष्टको नाममा बिश्वास गर्ने यो पनि संकेत गर्छ।

स्वभाविक प्रश्न उठ्छ, “किन मानिसले फेरी जन्मनु जरुरी छ त?” पाउल प्रेरितले एफिसीहरु२:१ भन्दछ”तिमीहरु आफ्ना अपराध र पापद्वारा मरेको बेलामा उहाँले तिमीहरुलाई जीवित पार्नुभयो...” रोमीहरुलाई रोमी३:२३ मा, प्रभुका चेला लेख्दछन्, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमा पुग्नबाट चुकेका छन्।” त्यसैले आफ्ना पाप क्षमा र परमेश्वरसंगको सम्बन्ध राख्न प्रत्येकले पुनर्जन्म गर्नु आवश्यक हुन्छ।

यो कसरी हुनसक्छ र? एफिसी२:८,९ जनाउदछ, “किनभने अनुग्रहबाट बिश्वासद्वारा तिमीहरुले उद्धार पाएका छौ- र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो - कर्महरुद्वारा होइन नत्रता मानिसले घमण्ड गर्नेछ।” जब कसैले”मुत्तीवान पाए”, भने तिनीहरु पुनर्जन्म भैसकेका छन्, आत्मामा नयाँ र अब परमेश्वरका छोराछोरी बन्ने हक नयाँ जन्मबाट मिलिसकेको हुन्छ।येशु जसले पापको ऋण क्रुशको मृत्युबाट तिर्नुभएको छ उहाँमा भरोसा गर्नुनै आत्माद्वारा पुनर्जन्म लिइएको मानिन्छ।”यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो ...”(२कोरन्थी५:१७क)।

यदि तपाईले प्रभु येशु ख्रीष्टमा कहिलै बिश्वास गर्नु नभए,पबित्र आत्माको घचघचाई तपाईको हृदयले सुन्ने प्रयास गर्नुहुन्छ कि? तपाईलाई पुनर्जन्मको आवश्यक छ।आज क्षमा लिन र ख्रीष्टमा नयाँ श्रीष्टी बन्नलाई तपाई प्रार्थना गर्दै माग्नुहुन्छ? “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि बिश्वास गरे,उहाँले तिनिहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।तिनिहरु रगतद्वारा,शारिरीक इच्छाद्वारा,र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्”(यहुन्ना१:१२-१३)।

यदि तपाई येशु ख्रीष्टलाई मुत्तिदाता भनेर ग्रहण गर्न र पुनर्जन्म लिन चाहनु हुन्छ भने, यहाँ एक उद्धारात्मक प्रार्थना छ। तर सम्झनुहोस्, यो प्रार्थना भनेर वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई क्षमादान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: चार आत्मिक नियमहरु के हुन्?

उत्तर:
चार आत्मिक नियमहरु खुशीको खबर बाढ्ने एक तरिका हो जुन मुत्ती येशु ख्रीष्टमा विश्वासद्वारा उपलब्ध छ । यी चार तिपण्णीहरुलाई सुसमाचारका महत्वपूर्ण कुराका रुपमा संलग्न गर्ने साधरण ब्यवस्था हो।

पहिलो चार आत्मिक नियम हो,”परमेश्वरले तपाईलाई प्रेम गर्नुहु्न्छ र तपाईको जीवनकालागि एक सुन्दर योजना दिनुभएको छ।यहुन्ना३:१६ले हामीलाई बताउंछ”किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वासगर्नेहरु कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।” यहुन्ना१०:१० हामीलाई येशु आउनु भएको कारण दिन्छ “म त तिनीहरुले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन भन्ने हेतुले आएँ।” हामीलाई परमेश्वरको प्रेमबाट केल्ले रोकेको छ? अनमोल जीवन पाऊनबाट कुन चिजले बाध्यता ल्याएको छ?

दोश्रो चार आत्मिक नियम हो, “मानवता पापद्वारा ग्रशित छ र परमेश्वरबाट अलगिएको छ। यसको अनुरुप हाम्रो जीवनको निम्ति परमेश्वरको महान योजना हामी जान्न सक्दैनौ।” रोमी३:२३ यहि कुरा सिध्दगर्छ , “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।” रोमीको ६:२३ ले पापको भोग हामी लाई दिन्छ, “पापको ज्याला मृत्यु हो।” परमेशवरले हामी संग संगति गर्न हामीलाई श्रिष्टि गर्नुभयो।तापनि मानवता द्वारा संसारमा पाप भित्र्याईएको छ र मानिस परमेश्वरबाट अलग भएको छ। परमेश्वरले तय गर्नुभएको यस सम्बन्धलाई हामीले बिगारी सकेका छौं। यसको उपाय के त?

तेश्रो चार आत्मिक नियम हो, येशु ख्रीष्टमात्र हाम्रो पापको लागि परमेश्वरको प्राबधान हो।येशु ख्रीष्टबाट मात्र,हाम्रो पापको क्षमा पाईन्छ र परमेश्वर संग राम्रो सम्बन्ध कायम राख्न सकिन्छ।” रोमी५:८ ले हामीलाई भन्छ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ,कि हामी पापी छदैं ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” १कोरन्थी१५:३-४ हामीलाई चाहिने र बिश्वासले बचाउने यो सुचना दिन्छ”...अर्थात् पवित्र धर्मशास्त्रअनुसार, ख्रीष्ट हाम्रो पापका निम्ति मर्नुभयो उहाँ गाडिनुभयो,र पवित्र धर्मशास्त्रअनुसार तेश्रो दिनमा उहाँ पुनर्जिवित पारिनुभयो...”येशुले आफैं घोषणा गर्नुहु्न्छ कि उहाँ मुत्तीको एक मात्र बाटो हुनुहन्छ यहुन्ना१४:६मा,”बाटो, सत्य र जीवन म नै हुँ।म द्वारा बाहेक कोहि पनि पिताकाहाँ आउन सक्दैन।”मैले मुत्तीको महान वरदान कसरी हाशिल गर्ने?

चौथो चार आत्मिक नियम हो, “ हामीले हाम्रो बिश्वास येशु ख्रीष्टमा मुत्तीदाताका रुपमा ग्रहण गरे मुत्तीको वरदान र हाम्रो जीवनका निम्ति परमेश्वरको महान योजना चिन्न सकिन्छ।यहुन्ना१:१२हामीलाई यो बिश्त्रित गर्दछ”तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।”प्रेरित१६:३१ले यो प्रश्त पार्दछ,”प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ!” हामी अनुग्रहद्वारा मात्र, विश्वासद्वारा मात्र येशु ख्रीष्टमा मात्र मुत्ती पाउन सक्दछौं(एफिसीहरु२:८-९)।

यदि तपाई येशु ख्रीष्टलाई मुत्तिदाता भनेर ग्रहण गर्न चाहनु हुन्छ यी शब्दहरुलाई परमेश्वर सामु दोहोर्याउनुस्।यी शब्दहरुले तपाईलाई बचाउन सक्दैन,तर ख्रीष्टमा भरोसा गरेर पक्कै बचाउँछ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई मुत्तीदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: परमेश्वरसंग ठीक सम्बन्ध कसरी राख्ने?

उत्तर:
परमेश्वरसंग ठीक सम्बन्ध राख्नका लागी , हामीले गलत के हो पहिले बुझ्नु जरुरी हुन्छ।यसको जवाफ पाप हो। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन (भजनसंग्रह१४:३)।हामीले परमेश्वरको निर्देशन विरुद्ध विद्रोह गरिसकेका छौं; हामी सबै भेडा झैं बरालिएकाछौं (यशैया५३:६)।

दुखको खवर यो छ कि पापको संजाय मृत्यु हो। ...जुन प्राणले पाप गर्छ त्यहि मर्छ (इजकिएल१८:४)।खुशीको खबर यो हो कि हाम्रो प्रेमिलो परमेश्वर हामीलाई मुत्तीदान दिन पछ्याउनु भयो।येशुले उहाँको योजना ...मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो (लुका१९:१०),र उहाँले भन्नुभएको उहाँको योजना पुर्णभयो”अब सिद्धियो भन्दै जब उहाँ क्रुशमा मर्नुभयो (यहुन्ना१९:३०)।

परमेश्वर संग ठीक सम्बन्धको शुरुवाट पापको स्विकार गरेर हुन्छ। त्यसपछि आऊँछ परमेश्वरकाहाँ जो आत्मामा पश्चातापी र बिनम्र छ (यशैया५७:१५) र पापलाई त्याग्ने कतिवद्धता। अनि उसले आफ्नो मुखले श्विकार गर्छ र उद्वार पाऊँछ”(रोमी१०:१०)।

यस पश्चातापलाई विश्वाससाथ गर्न जरुरी हुन्छ। खासगरी ऊहाँले गर्नुभएको मृत्यु वलिदान र अनौठो पुनर्उत्थानको विश्वासवाट तपाईको उद्वारक हुन येशु अति लायक हुनुहुन्छ।”किनकि यदि तिमीले येशुलाई प्रभु हो भनी स्विकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ (रोमी१०:९)।अरु.थुप्रै अध्यायहरुले विश्वासको जरुरी आहवान गर्दछन् उद्धारणत: (यहुन्ना२०:२७;प्रेरित१६:३१;गलाती२:१६;३:११,२६;र एफिसी२:८।

परमेश्वरले तपाईको तर्फबाट के कति गरिसक्नु भएको छ परमेश्वर संग ठीक सम्बन्ध राख्ने क्रम तपाईको प्रतिक्रियामा भर पर्दछ।उहाँले मुत्तीदाता पठाउनु ‍भयो, उहाँले तपाईको पाप छिन्न वलिदानका निम्ति दिनुभयो (यहुन्ना१:२९) र उहाँले तपाईलाई यो कबुल गर्नुहुन्छ: अनि जसले परमप्रभुको नाउँ लिनेछ,त्यसले उद्वार पाउनेछ (प्रेरीत २:२१)।

पश्चाताप र क्षमाको शानदार उद्धारण हराएको छोराको दृष्टान्तले दिन्छ(लुका१५:११-३२)।कान्छो छोराले बाबुको उपहार सबै लाज मर्दो पापमा उडायो(१३ पद)।जब उनले गरेका गलत कार्यहरु स्विकारे,तब उनले घर फर्कने निर्णय गरे(पद१८)।छोरा समान अबदेखि हुन नसक्ने उनले थाने(पद१९),तर उनी यस शंकामा गलत थिए।उनका बुवाले फर्केका नमान्ने छोरालाई पहिले जस्तै माया गरे(पद२०)।सबै क्षमा दिइयो र खुशी मनाउन लागे। परमेश्वर उहाँले गरेको प्रतिक्षा राख्न,क्षमा दिने कबुलमा पनि भलो हुनुहुन्छ”चुर्ण हृदय भएकाहरु सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरुलाई उहाँले बचाउनुहुन्छ”(भजनसंग्रह३४:१८)।

यदि तपाई परमेश्वरसंग ठीक सम्बन्ध राख्न चाहानुहुन्छ भने, यहाँ एक उद्धारात्मक प्रार्थना छ। तर सम्झनुहोस्, यो प्रार्थना भनेर वा कुनै अरु.प्रार्थनाले तपाईलाई बचाउन सक्दैन,तर ख्रीष्टमा भरोसा गरेर मात्र पापबाट तपाईलाई बचाउँन सक्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई मुत्तीदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो। परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: मैले मरे पछि स्वर्गमा पुग्नेछु भनेर कसरी निर्धक्क बन्न सक्छु?

उत्तर:
के तपाईलाई स्पष्ट हुनेगरी अनन्त जिवन प्राप्त छ र तपाई मृत्युपछि स्वर्गमा पुग्नुहुन्छ त? परमेश्वर तपाईलाई यस तथ्य प्रश्त भएको चाहानुहुन्छ!बाईबलले यो भन्दछ कि”तिमिहरुले अनन्त जीवन पाएका हौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउमा विश्वास गर्ने तिमीहरुलाई यो पत्र लेख्दैछु”(१यहुन्ना५:१३)। मानौंकि तपाई अहिले परमेश्वरको अगाडी उभिरहनु भएको छ र उहाँले तपाईलाई सोध्नुभयो,”म तिमिलाई स्वर्गमा किन भित्र्याऊ?तपाईको जवाफ के होला? तपाईसंग यस प्रश्नको प्रतिउत्तर नभएको हुनसक्छ।तथापी तपाईलाई यो जान्न अत्यावश्यक छ कि परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रोलागि एउटा बाटो पहिल्याई दिनुभएको छ ताकि हामी अनन्त जिवन काहाँ बिताउने भन्ने खुलस्त हुनेगरि जान्न सक्छौं।बाईबल यस तरह भन्दछ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोहि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्”(यहुन्ना ३:१६)

शबभन्दा पहिले हामीलाई स्वर्गबाट अलग्याइएको समस्या बुझ्न पर्दछ।यो समस्या हो-हाम्रो पापमय स्वभाबले हामीलाई परमेश्वर संगको सम्बन्धबाट अलग पार्दछ।आफ्नै चाहानाहरुमा र स्वभाविकै रुपमा पनि हामी पापी छौं।”किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेकाछन्”(रोमी३:२३)।

हामीले आफैंलाई बचाउन सक्दैनौं।”किनभने अनुग्रहबाट बिश्वास द्वारा तिमीहरुले उद्वार पाएकाछौ - र यो तिमीहरु आफैबाट होईन, यो त परमेश्वरको वरदान हो - कर्महरुद्वारा होईन,नत्रता मानिसले घमण्ड गर्नेछ”(एफिसी २:८-९)। हामी मृत्यु र नर्कको भागिदार थियौं।“किनकि पापको ज्याला मृत्यु हो”(रोमी६:२३)।

परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ र पापलाई संजाय दिन अधिन हुनुभए पनि हामीलाई अति प्रेम गर्नुहुन्छ र हाम्रो पापको क्षमा प्रदान गरिसक्नु भएको छ। येशुले भन्नुभयो”बाटो सत्य र जिवन म नै हुँ।म द्वारा वाहेक कोहि पनि पिता काहाँ आउन सक्दैन(यहुन्ना१४:६) येशु हाम्रोलागि क्रुशमा मर्नुभयो”किनभने हामीलाई परमेश्वर काहाँ ल्याउन ख्रिष्ट पनि पापीहरुका निम्ति सदाको लागि एक चोटी मर्नुभयो”(१पत्रुश ३:१८) येशु मृत्युबाट बौरी उठ्नुभयो। “उहाँ हाम्रा अपराधको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जिवित पारिनुभयो(रोमी ४:२५)।

त्यसैले शुरुको प्रश्नमा फर्कौं- मैले मृत्यु पछि स्वर्गमा पुग्न सक्छु भनेर कसरी स्पष्ट गर्न सक्छु र? यसको जवाफ हो:प्रभु येशु ख्रिष्टमा विश्वास गर्नुहोश र तपाईलाई उद्वार मिल्नेछ(प्रेरीत१६:३१)। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो”(यहुन्ना१:१२) तपाईले अनन्तको जीवन एक सित्तैको उपहारको रुपमा ग्रहण गर्न सक्नुहुन्छ” तर परमेश्वरको सित्तैको वरदान ख्रिष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो(रोमी६:२३)। तपाईले अहिले नै आफ्नो पुर्ण र यथार्थ भरिएको जीवन जिउन सक्नुहुन्छ”म त तिनिहरुले जीवन पाउन र त्यो प्रशस्त मात्रामा पाउन भन्ने हेतुले आएँ”(यहुन्ना१०:१०) तपाईले येशु संग स्वर्गमा अनन्त जीवन विताउन सक्नुहुन्छ, “उहाँले वाचा गर्नुभएकोछ “अनि गएर मैले तिनीहरुका निम्ति ठाउँ तयार पारेपछि म फेरी आउनेछु र तिमीहरुलाई म कहाँ लैजानेछु र जहाँ म छु, त्याहाँ तिमीहरु पनि हुनेछौं(यहुन्ना१४:३)

यदि तपाई येशु ख्रीष्टलाई मुत्तिदाता भनेर ग्रहण गर्न चाहनु हुन्छ र परमेश्वरबाट क्षमा चाहानुहुन्छ भने यो प्रार्थना तपाई दोहोर्याउनुस्।यो प्रार्थनाले वा अरु.कुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन,तर येशु ख्रीष्टमा भरोसा गरेर मात्र उहाँले पापको क्षमा दिनुहुन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई मुत्तीदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि धन्यवाद दिन्दछु! आमेन!”

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: के येशु स्वर्ग जाने एक मात्र बाटो हुन्?

उत्तर:
“म वास्तवमा एक राम्रो मान्छे हुँ, त्यसैले म स्वर्गनै जानेछु” “ठीक छ, केहि गल्ती गरियो तर असल काम भने मैले बढी गरेको छु, त्यसैले म स्वर्गमा जान्छु।” ”परमेश्वरले मलाई नर्कमा पठाउनु हुन्न कारण म बाइबल अनुसार त जीवन जिउदिन तर समय बद्लिसक्यो”।” धेरै खराब बालबालिकाको हातपात गर्ने र हत्यारा जस्ता ब्यत्तिहरु मात्र नर्क जान्छन्”

यो सबै साधारण धारनाहरु सबै मानिसमा भएको हुनसक्छ, तर साँचो यो हो, यी धारणाहरु सबै झुठा हुन्।शैतान, संसारका हकदार हाम्रो मनमा यस्ता सोचाईहरु ल्याउँछ।शैतान र ऊसको मार्ग पछ्याउनेहरु सबै परमेश्वरको बिरुध्द हुनेछन्(१पत्रुश५:८)।शैतान हरेक पल्ट असल ब्यत्तिको रुपमा बद्लिएको हुन्छ(२कोरन्थी११:१४)। परमेश्वरको आफ्नै जनहरु बाहेक अरु सबै मानिसका सोचाई उसको बशमा रहेको हुन्छ “तिनिहरुका बिषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रुप हुनुहन्छ, ऊहाँको महिमाको सुसमचार तिनीहरुले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरुको समझलाई अन्धो तुल्याईदिएको छ”(२कोरन्थी४:४)।

यो विश्वास गर्नु झुठ हो कि परमेश्वर साना तिना पापको वास्ता गर्नुहुन्न र नर्क सब अपराधि ब्यतिहरुका लागि मात्र तोकिएको ठाऊँ हो।सबै किसिमका पापले हामीहरुलाई परमेश्वर बाट छुट्याउँछ।यद्दपि एउटा सानो गल्ति किन नहोस्।सबैले पाप गरेका छन् र कोहि पनि आफ्नो असलताको कारण स्वर्ग पुग्ने छैन(रोमी३:२३) स्वर्गमा पुग्ने हाम्रो असल काम नराम्रो कार्य भन्दा बढी भएकोले गर्दा होइन, हामी सबै यस हेतुले हार्नेछौं। “तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रहनै रहने थिएन(रोमी११:६)हामीले कुनै असल काम गरेर पनि स्वर्ग कमाउन सक्दैनौं(तितस ३:५)

“सांघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरु धेरै हुन्छन्।जीवनमा पुर्याउने ढोका साँधुरो हुन्छ”(मत्ती ७:१३)। यदि सबैजसो पापमय जीवन गुजारे पनि र परमेश्वरमा विश्वास गर्ने चलन प्रचलित नभएपनि परमेश्वरले छुट्काई दिनुहुन्न।”यीनैमा यस संसारका रीति अनुसार र आकाशको शत्तिको मालिक अनुसार अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिनीहरु अघि एक पल्ट चल्दै थियौ(एफिसी २:२)।

जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो त्यो अति वास्तविक सुन्दरताले भरिएको थियो।सबैकुरा बिलकुल मिलेको थियो। त्यसपछि उहाँले आदम र इभलाई सृष्टी गर्नुभयो र उनीहरुलाई छुट्कारा दिनुभयो, जसले गर्दा ऊनीहरुले परमेश्वरको आज्ञा पालन र पछ्याउन चहाने वा नचाहाने हो भनि चुनाव गर्नसक्ने भए। तर आदम र ईभ जो परमेश्वरले सबभन्दा पहिले बनाउनु भयो, शैतानले परिक्षा लिएको बेला परमेश्वरको अनाज्ञाकारितालाई अपनाई पाप गरे। यसले गर्दा उनीहरुलाई छुट्याईयो र (सबै ब्यत्ति जो उनीहरु पछि आए,हामीले) पनि परमेश्वरको साथ नज्दिकको सम्बन्ध राख्न सकेनौं। उहाँ चोखो हुनुहुन्छ र पापका सामने आउन सक्नुहुन्न।पापीहरु भएकाले हामीले आफ्नो क्षमताद्वारा उहाँकाहाँ पुग्न सक्दैनौ।। त्यसैले परमेश्वरले एक बाटो रच्नुभयो जसले गर्दा हामी उहाँसंग फेरी स्वर्गमा जोडिन सक्छौं। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर अनन्त जीवन पाआेस् (यहुन्ना३:१६) “किनकि पापको ज्याला मृत्यु हो। तर परमेश्वरको सित्तैको बरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो(रोमी६:२३)।येशु जन्मिनु भयो ताकि उहाँले हामीलाई एकमात्र बाटो सिकाउन र हाम्रो पापको लागि मर्न आउनुभयो ताकि हामीले यसको भोग गर्न नपरोस्। तिनदिन पछि बौरी उठ्नुभयो(रोमी४:२५), मृत्युमाथि बिजयी प्रमाणित गर्नुभयो।उहाँले हाम्रो र परमेश्वर बिचको खाल्टो भरिदिनु भयो यदि हामी बिश्वास मात्र गर्छौं भने उहाँ संग हाम्रो ब्यत्तिगत सम्बन्ध जोडिने छ।

“अब अनन्त जीवन यहि हो कि तिनीहरुले तपाई एकमात्र परमेश्वरलाई चिनुन् र तपाईले पठाउनु भएको येशु ख्रीष्टलाई चिनून्”(यहुन्ना१७:३)। धेरै जसो मानिसहरु परमेश्वरमा बिश्वास गर्छन्, शैतानले पनि बिश्वास गर्छ।तर मुत्ति पाउन हामीले परमेश्वर तर्फ फर्किनु पर्छ,ब्यत्तिगत सम्बन्ध प्राप्त गर्न पापबाट टाढा फर्केर उहाँलाई पछ्याउनु पर्छ।

हामीले येशुलाई सबै चिजका लागि र हामीले गर्नुपर्ने सबै कार्यका लागि बिश्वास गर्नुपर्छ। हामी परमेश्वरका नजरमा येशुले हामीलाई धर्मी तुल्याउनुभएको छ जब हामीले हाम्रो पाप लैजानको निम्ति बिश्वास गरेका थियौं।यसै सिध्दान्त द्वारा हामीले मुत्ती पाउन सक्छौं चाहे कोहि ब्यत्ति हामी किन नहौं र जेसुकै गरको किन नहोस्(रोमी३:२२) बाइबलले सिकाउंछ कि यसमा अरु कुनै मुत्ती पाउने बाटो येशु बाहेक कोहि छैन। येशुले यहुन्ना१४:६मा भन्नुभयो”बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोहि पनि पिता कहाँ आउन सक्दैन।”

येशु एकमात्र मुत्तीको बाटो हो किनभने उहाँले मात्र हाम्रो पापको ज्याला तिर्न सक्नुहुन्छ(रोमी ६:२३)।कुनै धर्मले पनि यस गहिरो वा पापको गहनता र यसको प्रत्यक्ष असर बारे सिकाएको छैन।येशु ख्रीष्टले पुरा गर्नु भएको जस्तो अरु कुनै धर्मले पनि अनन्त सम्मको पापको ज्याला चुकाएको छैन।कुनै“धर्मको शुरुवाटकर्ता” परमेश्वर मानिसको रुपमा प्रकट भएनन् (यहुन्ना१:१,१४)-एकमात्र उपाए जसद्वारा अनन्तको रिण चुत्ता हुनसक्छ। येशु परमेश्वर हुनुहुन्छ यसकारण उहाँले हाम्रो रिण तिर्न सक्नुहुन्छ येशु मानिसको रुपमा आउनुभयो ताकि उहाँ मृतक ब्यत्ति बन्नसक्नुभयो। मुत्ती एक तरीकाबाट येशु ख्रीष्टमा पुर्ण बिश्वास गरेर मात्र पाइन्छ।”अरु कसैमा मुत्ती छैन, किनकि हामीले मुत्ती पाउनलाई श्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन”(प्रेरीत ४:१२)

यदि तपाईले यहाँ पढ्नुभएको कारणले येशुको निम्ति निर्णय लिनुभएको हो? यदि यस्तो हो भने कृपया तल भएको लाईन”मैले आज येशुलाई स्विकार गरेको छु” भन्ने वटन दवाउनुहोस्।

यदि तपाईले यहाँ पढ्नु भएक��� केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: मुत्तीको लागि रोमीको बाटो के हो?

उत्तर:
रोमीको उद्वारको बाटो एक सुसमाचार सुनाउने तरिका हो जुन बाइबलको पुस्तक रोमीका पदहरु द्वारा गरिन्छ। यो एक साधारण तर प्रभावशाली तरीका हो जसद्वारा हामीले उद्वार किन चाहिन्छ मात्र नभई परमेश्वरले मुत्ती कसरी दिनुभएको छ,उद्वार कसरी ग्रहण गर्ने र उद्वारको नतिजा के हुन् भनि यसमा वर्णन गरिएको छ। रोमीहरुको उद्वारको बाटोको पहिलो पद हो रोमी३:२३, “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्।” हामी सबैले पाप गरेका छौं। हामीहरु सबैले परमेश्वरलाई मन नपर्ने कार्यहरु गरेकाछौं। कोहि पनि निष्कलंक छैनन्।रोमी३:१०-१८ले पापले गर्दा हाम्रो जीवन कस्तो देखिंदो रहेछ त भनेर बिष्तृत गर्छ। रोमीको उद्वारको बाटोको दोश्रो पद हो रोमी ६:२३,जुनले हामीलाई पापको प्रभाव बारे सिकाउंछ- “किनकि पापको ज्याला मृत्यु हो” हाम्रो पापको सजाँय मृत्यु थियो। शारिरीक मृत्यु मात्र नभई निरन्तरता सम्मको मृत्यु!

तेश्रो पद रोमीको उद्वारको बाटोलाई रोमी६:२३ ले जहाँ छोडेको छ त्याहाँबाट टिप्दछ“तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो।” रोमी ५:८ खुल्याउँदै भन्छ “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छदैं ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो”। येशु ख्रीष्ट हाम्रो खातिर मर्नुभयो!, येशुले हाम्रो पापको मुल्य चुत्ता गर्नुभयो। येशुको बौरी उठाईले यो साबित गर्छ कि परमेश्वरले येशुको मृत्यु द्वारा हाम्रो पापको रीण तिर्नु भएको छ।

चौठो विश्राम रोमीको उद्वारको बाटोमा रोमी १०:९हो “किनकि यदि तिमीले येशुलाई प्रभु हो भनि आफ्नो मुखले श्विकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनि आफ्नो हृदयमा बिश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ”।किनकि येशुको मृत्यु हाम्रो खातिर थियो, हामीले बिश्वास मात्र गरे पुग्नेछ,उहाँको वलिदान हाम्रो पापको मुल्य हो भनी श्विकार्छौ भने- हामीले मुत्ती पाउनेछौं। रोमी १०:१३ ले यो भन्दछ “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्वार पाउनेछ”। येशु हाम्रो पापको रिण चुत्ता गर्नका लागि मर्नुभयो ताकि हामीलाई अनन्तको मृत्युबाट बचाउन सक्नुहुन्छ।मुत्ती,पापको क्षमा सबैलाई उपलब्ध छ जसले येशु प्रभुलाई मुत्तीदाता र मेरो मालिक भनेर विश्वास गर्दछ।

अन्तको खण्ड रोमीको बाटो उद्वार पाउने बिश्लेषणको परिणामनै उद्वार हो। रोमी ५:१ मा अति सुरिलो बचन छ, “यसैकारण बिश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्ट द्वारा परमेश्वर संग हाम्रो मिलाप भएको छ” येशु ख्रीष्ट द्वारा परमेश्वर संग हाम्रो शान्ति मिलाप भएको छ।रोमी ८:१हामीलाई सिकाउंछ “यसकारण अब ख्रीष्ट येशुमा भएकाहरुलाई दण्डको आज्ञा छैन।” किनभने येशुको मृत्यु हाम्रो कारणले गर्दा भएकोले हामीले पापको भोग गर्नु पर्ने छैन

अन्त्यमा, हाम्रो लागि परमेश्वरबाट यो अमुल्य कसम दिइएको छ, रोमी ८:३८-३९बाट, “किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, श्वर्गदुतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शत्तीहरुले, उचाईले वा गहिराईले, वा सारा सृष्टिमा भएका कुनैपनि कुराले, ख्रीष्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन”। के तपाई रोमीहरुको उद्वारको बाटोलाई पछ्याउन चाहानुहुन्छ? यदि यो साँचो हो भने, यस साधारण प्रार्थना तपाई परमेश्वरलाई पुकार्न सक्नुहुन्छ।

यो प्रार्थनाबाट तपाईले परमेश्वरलाई यो भन्नसक्न हुन्छकि तपाईले येशुमा आफ्नो मुत्तीका लागि भरोसा गर्नुभएकोछ। शब्दहरुले मात्र तपाईलाई बचाउन सक्दैन।केबल येशु ख्रीष्टमा बिश्वास गरेर मात्र मुत्ती पाइन्छ।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म तपाईको सहायता बाट आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!”

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: येशुलाई ब्यत्तिगत मुत्तिदाताको रुपमा ग्रहण गर्नुको अर्थ के हो?

उत्तर:
के तपाईले येशु ख्रीष्टलाई आफ्नै मुत्तिदाता भनेर स्विकार गर्नु भएको छ? यसको जवाफ गर्नु पहिले मलाई यस प्रश्नको स्पष्टिकरण गर्न दिनुस्।यस प्रश्न बुझ्नलाई तपाईले यो पहिले बुझ्न आवश्यक हुन्छ”येशु ख्रीष्ट”, “ब्यत्तिगत” र “उद्वारकर्ता।”

येशु ख्रीष्ट को हुनुहुन्छ? धेरै मानिसहरु येशु ख्रीष्ट एक असल ब्यत्तित्व माहान शिक्षक वा एक परमेश्वरका भविष्यवत्ता हुन् भनेर मान्न तयार हुन्छन्।यी कुराहरु भन्ने हो भने सबै साँचो हो, तर यसले उहाँ को हुनुहुन्छ भनेर वास्तविक्ता तोक्न सक्दैन। बाइबलले यो भन्दछ कि येशु परमेश्वर शारिरीक रुपमा,परमेश्वर मानव बन्नुभयो(यहुन्ना१:१,१४) परमेश्वर यस संसारमा हामीलाई सिकाउन, निको पार्न, सुध्राउन, क्षमा दिन-र हाम्रालागि ज्यान गुमाउन आउनुभयो! येशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ,स्रिष्टीकर्ता,सार्वभौम प्रभु,के तपाईले यस येशु प्रभुलाई स्विकार्नु भएको छ?

उद्वारकर्ता के हो? र हामीलाई उद्वारकर्ता किन चाहिन्छ? बाइबलले हामीलाई भन्दछ “हामी सबैले पाप गरेका छौं र हामीले दुष्ट कार्यहरु अपनाएका छौं(रोमी३:१०-१८)।हाम्रो पापको कारणले परमेश्वरको क्रोध र संजायको लायक भएका छौं। एउटा मिल्ने संजाय निरन्तर र सर्वशत्तिमान परमेश्वरका बिरुध्द गरेका पापको निम्ति अनन्तको संजायको भोग गर्नुपर्ने हुन्छ(रोमी६:२३,प्रकाश२०:११-१५)।यसैकारण हामीलाई मुत्तिदाता चाहिन्छ!

येशु ख्रीष्ट,पृथ्वीमा हाम्रो खातिर प्राण दिन आउनुभयो।येशुको मृत्यु,परमेश्वर शारिरीक रुपमा आउनुभएर,हाम्रा पापको लागि अनन्त को ज्याला उहाँले चुत्ता गर्नुभएको थियो(२कोरन्थी५:२१)।येशु हाम्रो पापको मुल्य तिर्न मर्नुभयो(रोमी५:८)।येशुले हाम्रो रीण तिर्नुभयो ताकी हामीले त्यसको चुत्तागर्नु नपरोस्। येशुले मृत्युबाट बौरी उठेर यो साबित गर्नुभयो कि उहाँको मृत्युद्वारा हाम्रो पापको मुल्य तिर्न सफल हुनुभयो। यसकारण येशु एकमात्र मुत्तिदाता हुनुहुन्छ(यहुन्ना१४:६,प्रेरीत४:१२)!के तपाईले येशुलाई मुत्तीदाताको रुपमा विश्वास गर्नु भएको छ?

के येशु तपाईको आफ्नै मुत्तिदाता हुनुहुन्छ?धेरै मानिसहरु ख्रीष्टियजन हुनुको मतलब केबल चर्चमा उपस्थित हुने,धर्म क्रिया गर्ने ,एक कदरको पाप नगर्ने भनि थान्छन्।तर त्यो ख्रीष्टियजनको ब्यवहार होईन।सच्चा ख्रीष्टियजन बन्नु भनेको येशु ख्रीष्टसंग ब्यत्तिगत सम्बन्ध राख्नु हो।येशुलाई आफ्नो उद्वारकर्ता भनेर स्विकार गरेर उहाँमा बिश्वास र भरोसा गर्नु हो।कोहिपनि अरुको बिशवासबाट बच्न सक्दैन।न त कोही एक पुण्यको कार्य गरेर क्षमानै पाउन्छ।मुत्ती पाउन एक मात्र बाटो येशुलाई मुत्तीदाता भनी स्विकारेर,उहाँको मृत्युबाट हाम्रो पापको मुल्यतिरेको र उहाँको बौरी उठाईले तपाईको अनन्त जीवनको साक्षी दिएको हो भनि श्विकार गरेर हुन्छ(यहुन्ना३:१६)के येशु तपाईको ब्यत्तिगत मुत्तिदाता हुनुहुन्छ?

यदि तपाई येशु ख्रीष्टलाई ब्यत्तिगत मुत्तीदाताको रुपमा चाहानुहुन्छ भने,यी शब्दहरु दोहोर्यानुहोस्।सम्झनुहोश यो प्रार्थना भनेर वा अरु कुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन।केबल येशु ख्रीष्टमा बिश्वास गरेर मात्र तपाईलाई पाप मुत्ती पाउनु हुन्छ।यो प्रार्थना उहाँमा भएको तपाईको बिश्वास र परमेश्वरलाई धन्यवाद दिने एक साधारण अभिब्यत्ती मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु।म येशु ख्रीष्टलाई आफ्नो ब्यत्तिगत मुत्तिदाको रुपमा स्विकार्छु!तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!”।

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: मलाई चाहिने बाश्तविक धर्म कुन हो?

उत्तर:
मेकडनल जस्ता तिघ्र खाना बनाउने रेस्टुराँहरुले हाम्रो मुताबिक खाना तयार गर्न सफल भएका हुनाले, हाम्रो आकर्षण को अवसर हाशील गरेको छ।कुनै कफि भण्डारहरुले १०० किसिमका स्वाद र बिभिन्न प्रकारका कफिहरु उपलब्ध भएको बिज्ञापन गर्दै आएका छन्। जब हामी घर वा गाडी खरिद गर्न जान्छौं त्यहि बेला हामी हामीलाई चाहिएको सुविस्ता र आवश्यक भएका कुराहरु छनौंट गर्न सक्दछौं।हामी केबल चकलेट,भनिल्ला र स्ट्रबेरी जस्तो एक दुई थरिका स्वादले मात्र सन्टुष्ठ हुन्दैनौं।छनौंट प्रभावशाली भईसकेको छ।तपाईलाई चाहिने चिजबिजहरु रुझाउने र आवश्यक्ता अनुसार भर पर्ने गरी उपलब्ध छ।

त्यसो भए, तपाईलाई सुहाउने धर्मको बारे के कुरा त? एक धर्म जुसद्वारा कुनै गलत महशुष गराउदैन,कुनै कडा पालनाको आदेश दिदैंन साथै यसो गर,उसो नगर भन्ने निस्सासिंदो बोझहरु ठप्दैन।के त्यो धर्म पाईन्छ जसमा यस बयान अनुरुप आइसक्रिमको बिभिन्न परिकारको खोज गरे जस्तै के धर्म चुन्न सकिन्छ त?

थुप्रै भाषणहरु हाम्रो ध्यान खिच्न एक आपसभन्दा बढीप्रयत्नशील छन्। हामीले भनु कुनै ब्यत्ति मुहम्मद वा कन्फुसियस्, बुध्द वा चार्ल्स टेज रसल वा जोसेफ स्मिथ भन्दा पहिले येशुलाई किन मन खोल्नु पर्छ त? के सबै बाटो स्वर्गमा अन्त हुदैंन र? के सबै धर्म बास्तवमा एउटै होइन र? साँचो भन्ने हो भने सबै धर्मले स्वर्गमा लादैंन, जसरी कि सबै बाटोले इण्डियाना ला्दैंन रे भन्ने अग्रेंजीमा एक भनाई छ।

येशुले मात्र परमेश्वरको अधिकार अनुरुप बोल्न सक्नुहुन्छ , किनभने येशुले मात्र मृत्यु माथि बिजय हाशील गर्नु भयो।मुहम्मद, कन्फुसियस तथा अरु जम्मै ब्यत्तित्वहरु तिनीहरुकै चिहानमा आजसम्म पनि कुहिएर रहेका हामी पाउछौं।तर येशु आफ्नै शत्तीको उपयोग गर्नु भई ३दिनपछि रोमीको क्रुशको मृत्यु पछि गुफामा रहेको चिहानबाट बौरी उठ्नु भयो। कुनैपनि स्रिष्टि जसले मृत्यु माथि बिजयी हाशिल गर्दछ, ऊहाँलाई हाम्रो ध्यान जानु स्वाभाविक मात्र नभइ अत्यन्त आवश्यक्तापुर्ण पनि हुन्छ।

येशुको पुनर्उत्थान भएको समर्थन गर्ने तथ्यहरु निरन्तरात्मक छन्। पहिलो हो, पाँचसय भन्दा बढी दर्शकहरु जसले ख्रीष्ट मृत्युबाट ब्युझेंको देखेका थिए।ति प्रत्यक्ष दर्शकहरु कुनै तुलनाले गन्दा पनि प्रशस्त थानिन्छ। पाँचसय बयानलाई अस्विकार गर्नु मामुली कुरा होइन।त्यस बाहेक अझै खाली चिहानका तथ्यहरु पनि जोडदार छन्।येशुका बिरोधिहरुले उहाँको मृतक तथा सदेको शरीरलाई पैदा गर्नु पर्ने थियो तर त्याहाँ मुर्दा शरीरनै थिएन।चिहान रित्तो थियो।के उहाँका चेलाहरुले उहाँको शरीरलाई चोर्न सफल भए कि?असम्भब, किनकि यस घट्ना हुनु पहिले उहाँको शरीर रहेको गुफामा रोमी सिपाहिंहरुले सक्त पालो दिइरहेका थिए।उहाँको नजदिक पछ्याउने डरमुख चेलाहरु उहाँको पक्दाई र क्रुशको मृत्यु पछि को डरले कामी हिड्ने माझीहरु रोमीका बिसिष्ट सिपाहींका सामना गर्ने सम्भावनानै थिएन।यसको साँचो तथ्य यो हो की येशुको पुनर्उत्थान मानविक बयान बाट गर्ननै सकिन्न।

फेरी उहाँ जस्ता महान ब्यत्तित्व जसलाई मृत्यु माथि नियन्त्रण राख्न सफल हुनुहुन्छ, उहाँ हाम्रो ध्यान खिच्न लायकको हुनुहुन्छ।उहाँले मृत्युबाट बिजयी हाशिल गर्नुभयो त्यसैले हामी उहाँले भन्नुभएका कुरा सुनौं।येशु मुत्तीको लागि एकमात्र बाटो भएको दावी गर्नुहुन्छ(यहुन्ना१४:६)। उहाँ एक बाटो मात्र होइन। उहाँ अरु बाटो मध्य एक होइन,तर येशु एक मात्र बाटो हुनुहुन्छ।

र यहि येशु भन्नुहुन्छ,”हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु”(मत्ती ११:२८)। यो संसार गाह्रो तथा जीवन कठीन छ।यहाँ यथाशीघ्र हामी रत्तगत, चोट ग्रष्ट र लडाईले घाइते हुन्छौं।मान्नुहुन्छ? तपाईलाई के चाहिन्छ?प्रतिकार वा धर्म?जीवित उद्वारकर्ता वा मृतक भबिश्यवत्ता कहलाइने धर्म संस्थापक?एक उत्पादकशील ब्यतिगत सम्बन्ध वा रित्तो क्रियाकाज चाहानुहुन्छ? येशु एक चाहाना मात्र नभई एकमात्र छनौंट रहनु भएको छ।

यदि तपाईले क्षमाको खोजी गर्न चाहानुहुन्छ भने येशुनै सुहाउदों धर्म हुनुहुन्छ(प्रेरीत१०:४३),यदि तपाईले परमेश्वर संग प्रशस्ताको ठीक सम्बन्ध चाहानुहुन्छ भने येशुनै एक सुहाँउदो धर्म हुनुहुन्छ(यहुन्ना१०:१०) ।यदि तपाई अनन्त सम्म स्वर्गमा घर बसाल्न चाहानुहुन्छ भने येशुनै तपाईको सुहाउँदो धर्म हुनुहुन्छ(यहुन्ना३:१६)। आफ्नो मुत्तिदाताको रुपमा तपाईको बिशवास येशु ख्रिष्टमा राख्नुहोस्।तपाईले भुल गर्नुहुनेछैन।उहाँमा तपाईको पाप क्षमाको निम्ति भरोसा गर्नुहोस् पछुताउनुहुने छैन।

यदि तपाई येशु ख्रीष्ट संग “मिल्दो सम्बन्ध” चाहानुहुन्छ भने ब्यत्तिगत मुत्तीदाताको रुपमा चाहानुहुन्छ भने,यहाँ एक उधारात्मक प्रार्थना छ।सम्झनुहोश, यो प्रार्थना भनेर वा अरु कुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन।केबल येशु ख्रीष्टमा बिश्वास गरेर मात्र तपाईले पाप मुत्ती पाउनु हुन्छ।यो प्रार्थना उहाँमा भएको तपाईको बिश्वास र परमेश्वरलाई धन्यवाद दिने एक साधारण अभिब्यत्ती मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई पाप क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु।म येशु ख्रीष्टलाई आफ्नो ब्यत्तिगत मुत्तिदाको रुपमा स्विकार्छु!तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!”।

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: मुक्तिको योजना भनेको के हो?

उत्तर:
शारिरीक भोको होइन, तर तपाईसंग जिवनमा केहि धेरै भोग छ - यदि तपाईका भित्री गहिराइमा केहि कुराहरु छन् जसले तपाई सन्तुष्ट देखिनुभएको छैन - यदि त्यसो हो भने येशू एउटा बाटो हुनुहुन्छ, येशूले भन्नुभयो, "म जिवनको रोटी हुँ, म कहाँ आउने भोकाउनेछैन र म माथि विशवास गर्ने कहिल्यै तिर्खाउने छैन" -यूहन्ना ६:२५) । के तपाई अल्मलिनुभएको छ - जिवनमा उद्देश्य अथवा बाटो पत्ता लगाउन वा देख्न सक्नुभएको छैन - के त्यस्तै त्यस्तै देखिन्छ । कसले बत्ति निभाइदिएको छ र – तपाईले बचन पत्ता लगाउन सक्नुहुन्न - यदि यस्तै हो भने, येशू एउटा बाटो हुनुहुन्छ ।

येशूले फेरि तिनिहरुलाई भन्नुभयो, "म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिंडडुल गर्नेछैन, तर त्यसको जिवनको ज्योति पाउँनेछ" -यूहन्ना ८:१२) । के तपाईले सदैव महशुस गर्नुहुन्छ कि तपाईको जिवनको साँचो बन्द गर्नुभएको जस्तै - के तपाईले धेरै ढोकाहरु कोशिष गर्नुभयो, मात्रै पत्ता लगाउनुहुन्छ के तिनिहरुको पछाडि अर्थहिन र खाली छ - भरिपुर्णजवनमा प्रवेश गर्न हेरिरहनुभएको छ - यहि हो भने येशू बाटो हुनुहुन्छ । येशूले भन्नुभयो, "ढोका म नै हुँ, यदि कोहि मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउँनेछ" –यूहन्ना १०:९) ।

के अरु मानिसहरुले तपाईलाई होच्याउने गर्छन् - के तपाईको सम्बन्धहरु रित्तिएका र निलिएका छन् - यस्तै कुरा देखिन्छ कि प्रत्येकले तिमीबाट फाइदा लिने कोशिष गरिरहेको छ - यदि हो भने, येशू बाटो हुनुहुन्छ । येशूले भन्नुभयो, "म असल गोठालो हुँ । असल गोठालाले आफ्ना भेडाहरुका निम्ति प्राण अर्पण गर्छ । म असल गोठालो हुँ, म आफ्ना भेडाहरुलाई चिन्छ, अनि मेरा भेडाहरुले मलाई चिन्छन्" -यूहन्ना १०:११,१४) ।

यो जिवनपछि के हुन्छ भनेर छक्क पर्नुहन्छ - तपाईले ति सड्ने र कु हिने चिजहरुका निम्ति जिवन जिउने कोशिष गर्नुभएको छ - जिवनको कुनै अर्थ छ भनेर कहिले काही शंका गर्नुहुन्छ - तपाईको मृत्युपछि तपाई बाँच्न चाहनुहुन्छ - यदि हो भने, येशू बाटो हुनुहुन्छ । येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जिवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जिवित हु नेछ । अनि ममाथि विश्वास गर्ने कोहि पनि आत्मामा कहिल्यै

मर्नेछैन" -यूहन्ना ११:२५,२६) भोक जुन तपाईले महशुस गर्नुहुन्छ यो आत्मिकी भोक हो र येशूद्धारा मात्र भरिन सक्नुहुन्छ । येशू एकमात्र हुनुहुन्छ जसले अन्धकारमा उठाउन सक्नुहुन्छ । येशू सम्तुष्टिको जिवनको ढोका हुनुहुन्छ । येशू जुन तपाईको खोजीनै रहनुभएको असल मित्र र गोठालो हुनुहुन्छ । येशू यो संसार र अर्काको जिवन हुनुहुन्छ, मुक्तिको बाटो येशू हुनुहुन्छ । कारण तपाई भोको महशुस गर्नुहु न्छ, कारण तपाई अन्धकारमा हराएको देखिनुहुन्छ, कारण तपाई जिवनभित्रको अर्थ पत्तालगाउन सक्नुहुन्न, त्यो हो तपाई परमेश्वरबाट अलग हुनु भएको छ । बाइबलले हामीलाई भन्छ हामी सबैले पाप गरेका छौं र त्यसकारण परमेश्वरबाट अलग भएका छौं -उपदेशक ७:२०, रोमी ३:२३) । तपाई त्यागिएको, तपाईको हृदयमा महशुसर् गर्नुहुन्छ कि परमेश्वर मेरो जिवनबाट टाढा जानुभएको । हामी परमेश्वरसंग सम्बन्ध गाँस्न सृष्टि गरिएका थियौं । हाम्रो पापको कारणले, हामी सम्बन्ध गाँस्नबाट अलग भयौं । यहि कारण हाम्रो पापका कारण यो जिवन र अर्को जिवनलाई अनन्तको लागि परमेश्वरबाट हामीलाई अलग गराएको हुनेछ -रोमी ६:२३, यूहन्ना ३:३६) । यो समस्याको समाधान कसरी हुन सक्यो - येशू बाटो हुनुहुन्छ । येशूले हाम्रो पाप आफै लिनुभयो -२ कोरिन्थी ५:२१) ।

येशू हाम्रो साटोमा मर्नुभयो -रोमी ५:८), हामी जे योग्यका थियौं, त्यहि दण्ड लिएर तिनदिनपछि मृत्युबाट बौरी उठ्नुभयो, उहाँले मृत्यु र पापमाथि विजय प्रमाणित गरेर -रोमी ६:४,५) । उहाँले यो किन गर्नुभयो - येशूले यस प्रश्नको उत्तर आफै दिनुभयो, "आफना मित्रहरुका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा

ठूलो प्रेम अरु कसैको हुँदैन" -यूहन्ना १५:१३) । येशूको मृत्युको कारणले हामी बाँच्न सकेका छौं । यदि हाम्रो साटो हाम्रो भरोसा येशूमा राख्छौं, उहाँको मृत्युमा भरोसा नै पापको निम्ति मुल्य चकाउनु हो । हाम्रा सबै पापहरु क्षमा भएका र पखालिएका छन् । हामी त्यसपछि आत्मिकी भोकोपनबाट सन्तुष्टि हुनेछौं । बत्तिहरु फेरि बल्नेछन् । हामी भरिपुर्ण जिवन जिइरहेका हुनेछौं । हामी जान्नेछौंकि हाम्रो सबभन्दा साँचो, असल र राम्रो गोठालो हुनुहुन्छ भनेर । हामी थाहा पाउनेछौंकि हाम्रो मृत्युपछि हामीसंग जिवन हुनेछ - येशू संग अनन्तका लागि पुर्नस्थापना गरिएको एउटा नयाँ जिवन र्स्वर्गमा हुनेछ । "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पत्र यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जिवन पाओस्" -यूहन्ना ३:१६) ।

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: पापीको प्रार्थना भनेको के हो ?

उत्तर:
पापीको प्रार्थना भनेको एउटा प्रार्थना हो जुन एउटा व्यक्तिले परमेश्वरमा प्रार्थना गर्छ जब तिनीहरुले म एक पापी हँ र मलाई एउटा मुक्तिदाताको आवश्यकता छ भनी तिनीहरुले बुझ्दछन् । एउटा पापीको प्रार्थना गदैमा यो आफैमा कुनै कुरा पुरा हुँदैन । एउटा पापीको प्रार्थना तव मात्र प्रभावकारी हुन्छ यदि एउटा व्यक्तिले तिनिहरुको पापपुर्ण अवस्थाहरु र उद्धारको बारेमा थाह पाएको , बुझेका र विश्वास गरेका कुराहरुलाई साँचो रुपमा प्रस्तुत गर्छन भने ।

एउटा पापीको प्रार्थनाको पहिलो पक्ष चाहि हामी सबै पापी छौं भनी बुझनु हो । रोमी ३: १० ले जनाउँछ कि , “ जसो लेखिएको छ , धर्मी कोहि , एक जना पनि छैन । ’’ बाइबलले स्पष्ट रुपमा यो अंकित गर्छ कि हामी सबै पापी छौं । हामी सबै पापीहरुलाई परमेश्वरबाटको दया र क्षमाको आवश्यकता छ । (तितस ३:५-७) । हाम्रो पापको कारण , हामी अनन्त दण्डको भागीदार हुन्छौ ( मत्ती २५:४६) पीको प्रार्थना न्यायको सट्टामा अनुग्रहको निम्ति एउटा निवेदन हो । क्रोध प्रकोप को सट्टामा दयाको निम्ति यो एउटा अनुरोध हो ।

एउटा पापीको प्रार्थनाको दोस्रो पक्ष चाँहि हाम्रो हराएको र पापपुर्ण अवस्थाको छुटकाराको निम्ति परमेश्वरले के गर्नुभयो भन्ने कुरालाई जान्नु हो । परमेश्वर देहधारी हुनुभयो र येशूख्रीष्टको व्यक्तिको रुपमा एउटा मानवजाती बन्नु भयो (यूहन्ना १:१,१४) येशूले हामीलाई परमेश्वरको सत्यता बारे सिकाउँनु भयो र पूणरुपमा धार्मिक र पापनिहित जीवन जीउँनु भयो (यूहन्ना ८:४६ , २ कोरिन्थी५:२१ ) । येशू ,त्यसपछि , हामीले भोग्नुपर्ने दण्डको सट्टामा हाम्रो बदली उहाँ क्रुसमा मर्नुभयो (रोमी ५:८) पाप, मृत्युर नरकमाथि उहाँको विजयलाई प्रमाणित गर्न उहाँ मृत्युबाट पुनरुस्थान हुनुभयो (कलस्सी २:१५ ; १ कोरिन्थी १५ अध्याय ) । यी सबै कुराहरुको कारण , हामी हाम्रो पापहरु क्षमापाउँन सक्छौं र र्स्वर्गमा अनन्त घरमा रहन प्रतिज्ञा पाउँन सक्छौं - यदि हामीले ,हाम्रो येशूख्रीष्टमा हाम्रो विश्वास राख्छौं भने हामीले गर्नुपर्ने सम्पुर्ण कुराचाँहि , उहाँ हाम्रो बदलिमा मर्नुभयो र मृत्युबाट पुनरुस्थान हुनुभयो भनी विश्वास गर्नु भयो (रोमी १०:९- १०)। हामी अनुग्रहबाट मात्रै , विश्वासीद्धारा मात्रै र ख्रष्टयेशूमा मात्रै बचाइन् सक्छौं । (एफिसी २:८ ले भन्छ , “ किनभने अनुग्रहबाट विश्वासद्धारा तिनीहरुले उद्धार पाएका छौ? र यो तिमीहरु आफैबाट होईन ,यो त परमेश्वरको वरदान हो । ’’

पापीको प्रार्थना भन्नु भनेको साधारण अर्थमा परमेश्वरमा घोषणा गर्ने एउटा उपाय हो कि तपाईले येशूख्रीष्टलाई तपाईको मुक्तिदाताको रुपमा विश्वास गर्नुहुन्छ । त्याहाँ कुनै “ चमत्कारीक” शव्दहरु छैन जसले उद्धारको परिणाममा पूर्याउँछ । यो चाँहि मात्रै येशूको मृत्यु र पुनरुस्थानमा विश्वास गर्नु हो जसले हामीलाई बचाउँन सक्छ ।यदि तपाईले बुझ्नुभयो भने कि तपाई एक पापी हुनुहुन्छ । र येशूख्रीष्टद्धारा उद्धारको आवश्यकता छ , यहाँ एउटा पापीको प्रार्थना छ जुन तपाईले परमेश्वरमा प्रार्थना गर्न सक्नुहुन्छ स “परमेश्वर, मलाई थाहाँ छ कि म एक पापी हुँ । मलाई थाहाँ छ कि म मेरो पाप परिणामहरुको योग्य ’’ जे भएतापनि , म मेरो मुक्तिदाताको रुपमा येशूख्रीष्टमा भरोसा गरिरहेको छु । म विश्वास छु कि उहाँको मृत्यु र पुनरुस्थानले मेरो निम्ति क्षमादान प्रदान गर्छ । म येशूमा भरोसा गर्छ येशू मात्रै मेरो व्यक्तिगत प्रभु र म’मुक्तिदाता भनि भरोसा गर्छ न्यवाद प्रभु , मलाई बचाउँनु भएको लागी र क्षमादिनु भएको लागि ! आमेन ! ’’

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

प्रश्न: ख्रीष्ट्रियन भनेको के हो?

उत्तर:
वेभस्टर (Webster) को शब्दकोषले ख्रीष्ट्रियन शब्दको व्याख्या यसरी गरेको छः "जो व्यक्ति प्रभुको रुपमा येशुको प्रतिज्ञा गरेर विश्वास गर्छ अथवा येशुको शिक्षामा आधारित धर्ममा", यो एउटा असल शुरुवातको संके त हो, जब ख्रीष्ट्रियन भनेको के हो भन्ने बुझेर धेरै धर्म निरपेक्ष परिभाषाहरु जस्तै, ख्रीष्ट्रियन हुनु भनेको अर्थ के हो को बाइबलिय सत्यता साँच्चैनै संचार गर्दा तल र्झछ, केहि अंशमा कमिनै हुन्छ ।

नयाँ करारमा ख्रीष्ट्रियन शब्द ३ पटक प्रयोग गरिएको छ -पे्ररित ११:२६, २६:२८, १ पत्रुस ४:१६) । येशुख्रीष्ट्रका चेलाहरु पहिलो एन्टिओखियामा नै " ख्रीष्ट्रियन " भनिए –प्रेरित ११:२६), किनभने तिनिहरुको व्यवहार, क्रियाकलाप र बोलीवचन ख्रीष्ट्रको जस्तै थियो । यो एक प्रकारको ख्रीष्ट्रियनहरुलाई हेला गरिएको अर्को नाम रमाइलो गर्न प्रयोग गरिन्थ्यो, जुन एन्टिओखियाका प्रभुमा नबाँचेका मानिसद्धारा साँच्चिैकै प्रयोग गर्थे । यसको साक्षात अर्थ हुन्छ, " ख्रीष्ट्रियन को अधिनमा रहेको दल" अथवा " अनुयायी " अथवा "ख्रीष्ट्रि लाई पछ् याउने " । कुन चाँहि धेरै मिल्दो छ, जो वेभस्टर (Webster) को शब्दकोषले ब्याख्या गर्छ। स्विकारर्योग्य

समयको असंयोगले ख्रीष्ट्रियन शब्दको महत्व धेरै घट्दै गएको छ र यो कोहि एकले वारम्वार प्रयोग गरे, जो धार्मिक छ, अथवा येशूख्रीष्ट्रलाई पछ्याउने, साँचो ख्रीष्ट्रमा फेरि जन्मेको चेला भन्दा उच्च नैतिक मूल्यवान छ । धेरै मानिसहरु जो येशूख्रीष्ट्रमा भरोसा र विश्वास गर्दैनन्, तिनीहरु आफै सामान्यतय ख्रीष्ट्रियन भन्छन्, किनभने तिनिहरु चर्चमा जान्छन्, वा तिनिहरु ख्रीष्ट्रियन राष्टमा बस्छन् । तर चर्चमा गएर, तपाई भन्दा सम्भवत कम सेवा गरेर वा राम्रो मान्छे भएर मात्र तपाईलाई ख्रीष्ट्रियन बनाउदैन । जब एउटा प्रचारकले एकपटक भन्यो, "एउटा अटोमोवाइल गाडी ग्यारेजमा लगेर बनाइन्छ, त्यो भन्दा बढि चर्चमा गएर कुनै एकजना ख्रीष्ट्रियन बन्दैन" । चर्चको सदस्य भएर, लगातार सेवामा उपस्थित भएर र चर्चको काममा सहयोग दिएर तपाई ख्रीष्ट्रियन बन्न सक्नुहुन्न । बाइबलले हामीलाई के सिकाउँछ कि, "असल कामहरुले हामीलाई परमेश्वरको स्विकारर्योग्य

बनाउन सक्दैन" । तितस ३:५ ले हामीलाई यो भन्छ कि : "तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुर्नर्जिवनको स्थानद्धारा र पवित्रआत्माद्धारा भएको नविकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो । त्यसैले जो कोहि ख्रीष्ट्रियन परमेश्वरद्धारा फेरि जन्मेको छ -यूहन्ना ३:३, ३:७, १ पत्रुस १:२३) र विश्वास र भरोसा येशू खीष्ट्रमा राखेको छ ।" एफिसी २:८ ले हामीलाई यो भन्छ कि, "किनभने अनुग्रहबाट विश्वासद्धारा तिनीहरुले उद्धार पाएका छौं र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो ।" त्यो साँचो ख्रीष्ट्रियन हो, जसले उसको वा आफ्नो पापको पश्चताप गरेको छ र केवल येशू ख्रीष्ट्रमा भरोसा र विश्वास राख्छ, तिनीहरुको

विश्वास उल्लेखित धर्ममा होइन वा नैतिक संहितामा तर विश्वास गर्छ गर्दैन भन्ने सूचिमा छ । सत्य साँचो ख्रीष्ट्रियन त्यो व्यक्ति हो, जसले येशुख्रीष्ट्रको व्यक्तित्वमा भरोसा र विश्वास राख्छन वा राख्छिन र सत्यतथ्य त्यो हो कि पापको ज्याला तिर्नलाई उहाँ -येशुख्रीष्ट्र) क्रुसमार् मर्नुभयो र तेश्रो दिनमा बौरी उठ्नुभयो र मृत्यु माथि विजय प्राप्त गर्न र ज-जसले उहाँमाथि विश्वास गर्छन, त्यसलाई अनन्तको जिवन दिनलाई । यूहन्ना १:१२ ले हामीलाई भन्छ : "तर जतिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, जसले उहाँ -परमेश्वर) मा नयाँ जिवन ख्रीष्टद्धारा दिएको छ, परमेश्वरको सन्तान साँचो ख्रीष्ट्रियन कहलाइएको छ र उ परमेश्वरको साँचो हिस्सा हो" । साँचो ख्रीष्ट्रियनको चिन्ह हो, अरुहरुलाई प्रेम गर्नु र परमेश्वरको वचनमा भरोसा राख्नु -१ यूहन्ना २:४, १०) ।

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”

मैले आफ्नो विश्वास येशुमा राखेको छु ... अब के?

वधाई छ! तपाईले जिन्दगी बद्लिने निश्चय गर्नु भएको छ। सायद सोध्दै हुनुहुन्छ, “अब के? परमेश्वर संगको यो यात्रा कसरी सुरुवाट गर्ने?” बाइबल बाट तल दिइएका पाँच कदमहरुले तपाईलाई प्रत्यक्ष पथमा लाने छ। तपाईको जिवन यात्रामा जब प्रश्नहरु आऊँदछन्, कृपया मा जानुहोला।

१. मुत्ती पाएको अर्थ तपाईले स्पष्ट संग बुझ्नुहोस्।

१ यहुन्ना५:१३ हामीलाई भन्छ, “तिमीहरुले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरुलाई यो पत्र लेख्दैछु।” परमेश्वर हामीले मुत्ती पाएको भन्ने बुझेको चाहानु हुन्छ। हामीले पाएको मुत्तीको गौरभका साथ अनुभुति गरेको परमेश्वर चाहानुहुन्छ। छोत्करीमा, मुत्ती पाएको केहि मुख्य शीर्षकहरु दोहोर्याऊँ:

(क) हामी सबैले पाप गरेका छौं हामी सबैले परमेश्वरलाई मन नपर्ने ब्यवहारहरु गरेका छौं(रोमी३:२३)।

(ख) हाम्रो पापको कारणले सुहाउँदो सजांय को भोग गर्न परमप्रभु अनन्त सम्म टाढा हुनुभएको थियो।(रोमी६:२३)

(ग) येशु हाम्रो पापको संजाय तीर्न क्रुशमा मर्नुभयो। (रोमी५:८; २ कोरन्थी५:२१), येशु हाम्रो सत्ता मारिनु भयो। हाम्रो लायकको दण्ड उहाँलेनै लिनु भयो। येशुको मृत्यु हाम्रो पापको ऋण तिर्न काफी थियो, उहाँको पुनरउत्थानले यो सावित गर्छ।

(घ) परमेश्वर माफ र मुत्तीदान सबैलाई दिनु हुन्छ जसले येशुमा विश्वास गर्दछ - उहाँको मत्युबाट हाम्रो पापको मुल्य चुत्ता भयो भन्ने विश्वास गर्दछ(यहुन्ना ३:१६; रोमी५:१; रोमी८:१)।

त्यहीनै मुत्ती पाएको सन्देश हो। यदि तपाईले आफ्नो मुत्तीदाता भनेर येशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने तपाईले मुत्तीवान भैसक्नु भएकोछ। तपाईको पापको क्षमा भएको छ र परमेश्वरले बचन दिनुहुन्छ कि तपाईलाई कहिले छोड्नुहुन्न नकि त्याग्नुनै हुन्छ(रोमी ८:३८-३९: मत्ती२८:२०)। नबिर्सनुस् तपाईको मुत्ती येशु ख्रीष्टमा सुरक्षित छ (यहुन्ना१०:२८-२९)। यदि तपाई येशुलाई मात्र आफ्नो मुत्तीदाता श्वरुप भरोसा गर्नहुन्छ भने अनन्त सम्म परमप्रभुको साथ स्वर्गमा बिताउने गौरभता लिन सक्नुहुन्छ!

२. बाइबल पढाउने एक गहकिलो मण्डलीको खोजी गर्नुहोस्

मण्डली एक भवनको रुपमा नसोच्नहोस्। मण्डली जनसमुह हो। येशु ख्रीष्टमा विश्वास गर्नेहरु एक अर्का संग संगति गर्नु धेरै महत्वपुर्ण हुन्छ। यो नै मण्डली को एक मुख्य उद्धेश्य हो। अब तपाईले आफ्नो विश्वाश येशु ख्रीष्टमा राख्नु भएको कारण तपाईको ईलाकामा बाइबलमा पुर्ण विश्वासगर्ने एक मण्डली खोज्न र अगुवा संग कुराकानी गर्न हामी जोडले प्रोत्साहन गर्दछौं। उहाँलाई येशु ख्रीष्टमा गर्नुभएको तपाईको नयाँ विश्वास बारे बताउनुहोस्।

मण्डलीको दोश्रो उद्धेश्य बाइबल सिकाउनु हो। तपाईले परमेश्वरले जीवनकालागि दिनु भएका पालनाहरु कसरी अपनाउने भनेर सिक्न सक्नुहुन्छ। बाइबल राम्ररी बुझ्न सक्नुनै सफल र प्रभावशाली जीवनको मुख्य आधार हुन्छ। २तिमोथी३:१६-१७ ले भन्छ”सम्पुर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदाएक हुन्छ ताकि परमेश्वरको जन हरेक सुकर्ममा पुर्ण रुपले सुसज्जित भई सिध्द भएको होस्।”

तेश्रो मण्डलीको उद्धेश्य आराधना गर्नुहो। आराधना परमेश्वरले गर्नु भएको सबठोकका लागी धन्यवाद दिनु हो। परमेश्वरले हामीलाई उद्वार गर्नुभएको छ। परमप्रभुले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले हाम्रो खाँचो पर्याउनुहुन्छ। परमेश्वर हामीलाई दोहोर्यानु र निर्देशन दिनुहुन्छ। उहाँलाई हामी धन्यवाद कसरी नदिने? परमेश्वर पवित्र, शुध्द, प्रेमिलो, दयालु र अनुग्रह पुर्ण हुनुहुन्छ। प्रकाश ४:११ घोषणा गर्दछ, “हे हाम्रा प्रभु र परमेश्वर, तपाई महिमा, आदर, र शान्ती ग्रहण गर्न योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईले नै सृष्टि गर्नुभएको हो, र तपाईकै ईच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो।”

३. हरेक दिन परमेश्वरमा मध्य नजर राख्ने समय छुट्याऊँनुस्।

हरेक दिन परमेश्वरसंग हाम्रो समय उहाँमा मध्य नजर राखी बिताउन अत्यावश्यक हुन्छ। कोहिले “शान्त समय” भन्दछन भने कोहि”आराधना गर्ने” भन्ने गर्छन किनकि यो समय परमेश्वरको भत्तिमा हामी विताउछौं। कसैलाई बिहानको समय छुट्याउने चाहाना गर्दछन् भने कोहि बेलुकि श्वभाविक ठान्छन।यो समयलाई के भन्ने वा कहिले गर्नेमा केहि फरक पर्दैन। तर तपाई परमेश्वरसंग दिनका दिन समय बिताउनु भएको असरचाहिं पक्कै हुन्छ। कुन आयोजनाहरुले परमेश्वरसंगको हाम्रो समय बन्दछ त?

(क) प्रार्थना। प्रार्थना साधारणमा परमेश्वरसंग कुराकानी गर्नु हो।परमेश्वरसंग तपाईको आफनो गुनासो र कठिनाइको बारेमा कुरा गर्नुस्।परमेश्वरसंग तपाई विवेक र दोहोर्याउने हात माग्नुहोस्। तपाईको आवशयक्ताहरु परमेश्वरसंग माग्नुस्। तपाईले परमेश्वरलाई कति धेरै प्रेम गर्नुहुन्छ र उहाँले तपाईलाई गर्दैरहनु भएको सबै चिजका लागि कति अभारी हुनुहुन्छ भन्नुहोस्। प्रार्थनाको यथार्थ त्यहि हो।

(ख) बाइबल अध्यन। मण्डलीबाट, सण्डे स्कुल वा बाइबल अध्यन झुण्डमा बाइबल सिकाइनुका साथसाथै तपाईले आफैं पनि बाइबल पढ्दै गर्नुस्। बाइबलमा तपाईले जान्नुपर्ने सफल ख्रिष्टीय जिवनबारे सबैकुराहरु समावेश छ।त्यसमा विवेक पुर्ण निश्चय कसरी गर्ने, परमेश्वरको ईच्छा कसरी जान्ने, अरुलाई कसरी सेवकाई गर्ने र आत्मिक जीवनको कसरी बृद्धि गर्ने बारे परमेश्वरको अनुदेशहरु समावेशछ।बाइबल हाम्रो लागि परमेश्वरको बचन हो। हाम्रो जिवन उहाँलाई खुशी लाग्दो र आफैंलाई तृष्णा नहुने किसिमले कसरी जिउने भनिदिइएको बाइबल वास्तवमा परमेश्वरको निर्देशन पुस्तक हो।

४. आत्मिक जीवनमा सहायता गर्न सक्ने ब्यत्तिहरु संग तपाई सम्बन्धहरु बिस्तारित गर्नुहोस्।

१कोरन्थी १५:३३ हामीलाई भन्दछ, “भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।” बाइबल भरी हामीलाई “खराब” मानिसहरुको प्रभावबारे चेतावनी दिन्दछ ।हामी उनीहरु संग समय विताउदछौं जो पापमय गतिविधिमा लागेकाछन भने ति गतिविधिको कारणले हामीलाई पनि लोभ्याउँछ। हामी संग बसेका ब्यत्तिका लक्षणहरु हामीमा सर्न जान्छ।त्यसैले हामीलाई प्रभुमा प्रेम गर्ने र उहाँमा कतिबद्ध जनहरु संग हिड्दुल गर्न अत्यावश्यक हुन्छ।

सायद तपाईको मण्डलीबाट एक वा दुई जना साथी खोज्नुहोस्, जसले तपाईलाई मदत गर्न सक्छ वा हौशला दिन सक्छ(हिब्रु३:१३; १०:२४)। तपाईको साथीहरुलाई तपाईको शान्त समय, गतिविधि र प्रभु संगको हिडाईलाई लेखाजोखा राख्नुहोश भनेर आग्रह गर्नुहोस्। तपाईले पनि उहाँको लागि यसै प्रकारले चासो राख्न सकनुहुन्छ कि भनेर सोध्नुहोस्। यसको मतलब तपाईका सबै साथीहरु जसले प्रभु येशुलाई मुत्तीदाता भनेर नचिनेकाहरुलाई गुमाउनु पर्दैन। उनीहरुलाई पनि साथ दिन र माया दिन सुचालु राख्नुहोस्। केवल यो बताउनुहोस् कि येशुले तपाईको जिन्दगी बद्लिदिनु भएको छ र तपाईले पहिले गर्नुभएको चिजहरु सबै गर्नसक्नुहुन्न । तपाईको साथी संग येशुको बारे बताउने मौका दिउन भनेर परमप्रभुसंग यो माग्नुहोस्।

५. बप्तिस्मा लिनुहोस्

धेरै मानिसहरुमा बप्तिस्माको बारे एक गलत धरना रहेको हुन्छ। “बप्तिस्मा” शब्दको अर्थ पानीमा दुब्नु हो। बप्तिस्मा बाइबलको एकमात्र पथ हो जसले येशुमा गरेको नयाँ विश्वास र तपाईको उहाँलाई पछ्याउने कतिवद्धता सार्वजनिक गराउँछ। यस पानीमा दुवाइएको क्रियाद्वारा येशु संग गाडिनु भएको उद्धान्त गर्दछ भने पानीबाट बाहिर निस्कने क्रियाद्वारा ख्रीष्टको बौरी उठ्नु भएको झझल्को ल्याउँदछ। बप्तिस्मा लिनुबाट तपाई येशुको मृत्यु, चिहान र पुनरुत्थान संग परिचित हुनु हो(रोमी६:३-४)।

बप्तिस्मा लिएर तपाई बच्नसक्नु हुन्न।बप्तिस्मा एक पालनाको कदम, तपाईको मुत्तीको लागि येशुमा मात्र भएको विश्वासको एक सार्वजनिक घोषणा हो।बप्तिस्मा यसकारण महत्वपुर्ण छ किनकि यो पालनाको एक कदम हो- येशुमा गरेको विश्वास र उहाँमाथिको कतिबद्धता सार्वजनिक गराउने घोषणा। यदि तपाई बप्तिस्माका लागि तयार हुनुहुन्छ भने पास्टर(अगुवा) संग कुरा गर्नुहोस्।