25
बिल्ददले अय्यूबलाई जवाफ दिंदछ 
 1 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः 
 2 “परमेश्वर शासक हुनु हुन्छ। 
उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। 
उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ। 
 3 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। 
कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्। 
 4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। 
कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन। 
 5 परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध 
र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन। 
 6 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, 
मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”