3
प्रधान पूजाहारीको बारेमा दर्शन् 
 1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।  2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?” 
 3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।  4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।” 
 5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।  6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः 
 7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो: 
“यदि तिमाले मैले भने जस्तै गरी बस्यै 
अनि मेरो सेवा गर्यौ भने, 
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। 
तिमीले यसको आँगनको हेरचाह गर्नेछौ 
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं 
स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु। 
 8 प्रधान पूजाहारी यहोशू, सुन्। 
तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। 
अनि म मेरो दासलाई पनि ल्यउँदैछु। 
उसलाई, हाँगा भनिन्छ। 
 9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। 
त्यस ढुङ्गाको सातवटा आँखाहरुछन् 
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, 
म एकै दिनमा यो भूमिका सबै पापहरु निकालिदिनेछु।” 
 10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, 
“त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई 
तिनीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि 
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”