प्रश्न: एक पल्ट पाएको मुक्ति सँधैको मुक्ति ?

उत्तर:
एक पल्ट पाएको मुक्ति सँधैको निम्ति मुक्ति पाएको व्यक्ति हो ? जब मानीसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्दछन् । तिनीहरु परमेहृवरसंग सम्बन्धमा ल्याईएको हुन्छन् जसले तिनीहरुका मुक्ति अनन्त रुपमा सुरक्षित छ भन्ने कुराको प्रत्यभूति दिन्छ । यो तथ्यलाई धर्मशास्त्रका धेरै खण्डहरुले घोषणा गर्दछन् ।

(क) रोमी ८ :३० पदले घोषणा गर्दछ “ जस जसलाई उँहाले अधिवाटै नियूक्ति गर्नुभयो तिनीहरुलाई उँहाले बोलाउनु पनि भयो र जस जसलाई उँहाले बोलाउनु भयो तिनीहरुलाई उँहाले धर्मी पनि ठहराउनु भया जस जसलाई उँहाले महीमित पनि पार्नुभयो । “ यो पदले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई चुनैक्षणदेखि नै हामी र्स्वर्गमा उँहाको उपस्थितिमा महिमित ठहरिएका हुन्छौ । त्याहाँ कुनै पनि योकले एउटा विश्वासिलाई एक दिन महिमित पारिन देखि रोक्न सक्ने छैन । किनकि परमेश्वरले अधिवाटै र्स्वर्गमा यसको संकल्प गरी सक्नु भएको छ । एक पटक धर्मी ठहरिएको व्यक्तिको मुक्ति निश्चित हुन्छ । यदि र्स्वर्गमा अधिवाटै महिमित पारिएको हुन्छ भने उ सुरक्षित हुन्छ ।

(ख) पावलले रोमी ४ :३३-३४ पदमा दुईवटा ठूलो महत्वको प्रश्नहरु सोध्छ “ परमेश्वरका चुनिएकाहरुका विरुद्धमा कसले अभियोग लगाउनेछ - धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ , जो मरेकाहरुवाट जीवित पारिनु भयो र परमेश्वरको दाहिने वाहुली तर्फहुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छु । ” परमेश्वरको चुनावको विरुद्ध कसले अभियोग लगाउने छ ( कसैले पनि लाउने छैन , किनभने ख्रीष्ट हाम्रो पक्षमा बोल्ने व्यक्ति हुनुहुन्छ । कसले हामीलाई दण्ड दिनेछ ) कसैले पनि दिने छैन किनभने ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो , उँहा नै जसले दण्ड दिनुहुन्छ । हामीसंग हाम्रो मुक्तिदाताको रुपमा वकालत गर्ने र न्याय गर्ने दुबै हुनुहुन्छ ।

(ग) विश्वासीहरु तिनीहरुले विश्वास गरे देखि नै नँया गरेर जन्मेका छन् । ( यूहन्ना ३: ३ तितस ३: ५ ) । एउटा इसाइको निम्ति उँहाको मुक्ति गुमाउनु भनेको चाँहि उ नयाँ गरी नजन्मेको हुनु हो बाइबलले नयाँ जन्मलाई हटाएको कुनै पनि त्यस्तो प्रमाण दिदैन ।

(घ) पवित्र आत्मा हरेर विश्वासीहरुमा बास गर्नुहुन्छु ( यूहन्ना १४ :१७ ) (रामी ८ :९ ) र ख्रीष्टको शरीर भित्र सबै विश्वासीहरुलाई बप्तिस्मा दिनुहुन्छ । (१ कोरिन्थी १२ १३ ) । एउटा विश्वासीको लागी मुक्ति नपाएको हुनु भनेको चाँहि पवित्रआत्माले वास नगरेको र ख्रीष्टको शरीरवाट अलग पारेको हुनु हो ।

(ङ) यूहन्ना ३ :१५ पदले स्पष्ट भन्छ कि जसले विश्वास गर्छ त्यसले “ अनन्त जीवन पाउनेछ ”। यदि तपाई आज ख्रीष्टलाई विश्वास गर्नुहुन्छु र अनन्त जीवन पाउन हुन्छु , तर भोली यो गुमाउनु हुन्छु भने यो कहिले पनि अनन्त थिएन । यसकारण यदि तपाईले तपाईको मुक्ति गुमाउनु हुन्छ भने बाइबलमा भएका अनन्त जीवनका प्रतिज्ञाहरु गलत हुन्छन् ।

(च) अति नै टुङ्गो लगाउने तर्कको निम्ति , मेरो विचारमा धर्मशास्त्रले यसलाई आफैमा असल भन्दछ , “ किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले र्स्वर्गदुतहरुले वा प्रधान्ताहरुले वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले वा शक्तिहरुले उचाइले वा गहिराइले वा सारा सृष्टिका भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रो प्रभुमा भएका परमेश्वरको प्रेमवाट हामीलाई अलग गर्ने सक्ने छटैन ।” (रोमी ८: ३८- ३९ ) याद गर्नुहोस् जुन परमेश्वरले तपाइलाई मुक्ति, दिनु भयो उही परमेश्वरले तपाइलाई सुरक्षित राख्नु हुनेछ । हामीले एक पटक पाएको मुक्ति सधैको मुक्ति हो । हाम्रो मुक्ति निश्चित तरीकाले अनन्तको लागी सुरक्षित छ ।


प्रश्न: मृत्यु पछि के हुन्छ ?

उत्तर:
मृत्यु पछि के हुन्छ भन्ने प्रश्न अल्मल्याउने किसिमको हुन सक्छ । बाइबलले सुस्पष्टसंग भनेको छैन कि कहिले एउटा व्यक्ति उसको अन्तिम र अनन्त गन्तब्यमा पुग्नेछ । बाइबलले हामीलाई बताउछ कि एक जना व्यक्ति मृत्युको पछि र्स्वर्ग वा नरक लगिएको छ भन्ने कुरा उसले वा उनीले ख्रीष्टलाई उसको वा उनीको मुक्तिदाता भनी ग्रहण गरेको थियो वा थिएन भन्ने कुराको आधारमा हुन्छ । विश्वासीहरुका निम्ति मृत्युपछि “शरीरवाट अलग भएर प्रभुसंग रहनु ” हो (२ कोरिन्थी ५ :६ -८) ( फिलिप्पी १:२३ ) अविश्वासीहरुका निम्ति मृत्युपछि नरकमा अनन्तदण्ड भोग्नु हो ( लुका १६ :२२- २३ ) ।

यहि नै हो जहाँ मृत्यु पछि के हुन्छ भनी प्रश्न गर्दा यो अल्मल्याउने जस्तो हुन सक्छ । (प्रकाश २०: ११- १५ ) सम्मका पदहरुले ति सबै नरकको अग्नि कुण्डमा फालिएकाहरुको विषयमा वर्णन गर्दछन् । यसकारण , यो यस्तो देखिन्छ कि अन्तिम पूनरुस्थान नभएसम्म मृत्युपछि एउटा व्यक्ति “अस्थायी” र्स्वर्गमा वा नरकमा बस्छ । त्यो व्यक्तिको अनन्त गन्तव्य चाँहि परिर्वतन हुने छैन तर त्यो व्यक्तिको अनन्त गन्तव्यको पहिलो “ स्थान” चाँहि परिर्वतन हुनेछ र नयाँ पृथ्वीमा पर्ठाईएका हुनेछन् प्रकाश २१ :१) केहि विन्दुमा मृत्यु पछि विश्वासीहरु चाँहि अग्निकुण्डमा फालिएका हुनेछन् ( प्रकाश २० :११- १५ ) यी नै सबै मानिसका अन्तिम र अनन्त गन्तव्यहरु हुन जो सम्पुर्ण रुपले तिनीहरुका पापको मुक्तिको लागि केवल ख्रीष्ट येशुमाथि तिनीहरुको भरोसा राखेको थिय वा थिएनन् भन्ने कुरामा आधारित छ ।


प्रश्न: के अनन्त सुरक्षा बाइबलीय हो ?

उत्तर:
जब मानिसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्ने छन्, तिनीहरु परमेश्वरसंगको सम्बन्धभित्र ल्याइएका हुने छन् जसले तिनीहरुका अनन्त सुरक्षाको प्रत्याभूति दिन्छ । यहूदा २४ पदले घोषणा गर्दछ, "अब, जसले तिमीहरुलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरुलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ ।" परमेश्वरको शक्तिले विश्वासीहरुलाई पापमा फस्नदेखि बचाउँन सक्छ । हामीलाई उहाँको महिमित उपस्थितिमा प्रस्तुत गर्नु, यो उहाँको इच्छाको कुरा हो, हाम्रो होइन् । अनन्त सुरक्षा, परमेश्वरले हामीलाई पापमा फस्नदेखि बचाउनुको एउटा परिणाम हो, यो हामीले आफ़्नो मुक्ति कायम राखेको कारणले होइन् ।

प्रभू येशूले घोषणा गर्नु भयो, "तिनीहरुलाई म अनन्त जीवन दिन्छु, र तिनीहरु कहिल्यै नष्ट हुने छैन् र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजाने छैन । मेरा पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ । पिताको हातबाट कसैले तिनीहरुलाई खोसी लानेछैनन् ।" (यहून्ना १०:२८-२९) । पिता र येशू दुवैले हामीहरुलाई उहाँहरुको हातले मजबूतरुपले कसेर पक्रिनुभएको छ । कसले हामीहरुलाई पिता र पुत्र येशु दुवैको पकडबाट अलग गर्न सक्छ ?

एफिसी ४:३० पदले हामीलाई बताउँछ कि ति विश्वासीहरु, "उद्धारका दिनको लागि छाप लगाएका छन्" । यदि विश्वासीहरु संग अनन्त सुरक्षा नभएको भए, उद्धारको दिन सम्मको लागि साचोरुपले छाप लगाई हुने थिएन्, तर केवल पाप गर्राई, वेमत वा अविश्वासको दिनसम्मको निम्ति मात्र हुन्थ्यो । यहून्ना ३:१५-१६ सम्मका पदहरुले हामीलाई बताउँदछ कि, जसले उहाँमाथि विश्वास गर्दछ त्यसले "अनन्त जीवन" पाउनेछ । यदि एउटा व्यक्तिलाई अनन्त जीवनको प्रतिज्ञा गरिनु पर्ने थियो, तर पछि यो हटाइका भए , आरम्भमा यो कहिल्यै " अनन्त" थिएन् । यदि अनन्त सुरक्षा सत्य होइन् भने, बाइबलमा भएका अनन्त जीवनका प्रतिज्ञाहरु गलत हुन्थ्यो ।

अनन्त सुरक्षाको निम्ति बलियो सार भनेको रोमी ८:३८-३९ मा भएका पदहरु हुन्, "किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, र्स्वर्गदुतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शक्तिहरुले, उचाईले वा गहिर्राईले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभूमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन ।" हाम्रो अनन्त सुरक्षा उहाँले जसलाई उद्धार गर्नुभएको छ तिनीहरु प्रतिको परमेश्वरको प्रेममा आधारित छ । हाम्रो अनन्त सुरक्षा ख्रीष्टद्वारा किनिएको, पिताद्वारा प्रतिज्ञा गरिएको, र पवित्र आत्मा द्वारा छाप लगाइएको हो ।


प्रश्न: आत्माहत्या प्रति इर्साईहरुका दृष्टिकोण कस्तो हुन्छ ? बाइबलले आत्माहत्या के भन्छ ?

उत्तर:
स् बाइबल अनुसार यदि एउटा व्यक्तिले आत्माहत्या गर्छ भने ऊ अथवा उनीले र्स्वर्गभित्र प्रवेश पाउँछ भन्ने कुरा के ले निर्धारण गर्छ भन्ने हुदैन । यदि एउटा मुक्ति नपाएको व्यक्तिले आत्माहत्या गर्दछभने ऊ अथवा तिनीले केहि नगरेर यसको वा उनको नरक कुण्डतिरको यात्रालाई चाँडो पुरा गर्दछ । यधपि हात्माहत्या गरेर मरेको व्यक्ति ख्रीष्टद्धाराको मुक्तिलाई इन्कार गरेको कारण नै अन्त्यमका नरकमा जानेछ , उसले वा तिनीले आत्माहत्या गरेको कारणले चाँहि होईन । बाइबलले छ जना विशेष व्यक्तित्वहरुले आत्माहत्या गरेको कुरा उल्लेख गर्दछ । अवीमेलेक ( न्यायकर्ता ९ :५४ ) शावल ( १ शामुएल ३०: ४ ), शावलले हतियार बोक्ने (१ शामुल ३१ :४- ६ ) अहितोपेल ( २: शामुएल १७ -२३ ) स्रि्री ( १ राजा १६ :१८) यहुदा - मत्ती २७ ५ ) तिनीहरु मध्येका पाँच जना दुष्ट , खराब र पापी मानीसहरु थिए शावलको हतियार वोक्नेको सम्वन्धमा धेरै भनिएको पाईदैन , जसको कारण उसको चरित्र वारे न्याय गर्न सकिदैन । कसैले विचार गर्छन् कि शिमसोन पनि एक आत्माहत्याको उद्धाहरण हो ( न्याय कर्ता १६:२६-३१ ) , तर शिमसोनको उदेश्य भनेको पलिश्तीहरुलाई मार्न थियो आफैलाई होईन । बाइबलले आत्माहत्यालाई हत्या कै बराबरीमा हेर्दछ , आत्माहत्या भनेको “ आफैलाई मार्नु ”हो । एउटा व्यक्ति कहिले कसरी मर्नुपर्छ भन्ने निर्णय गर्ने परमेश्वर हुनहुन्छ । त्यो अधिकार हामीले आफ्नो हातमा लिनु भनेको बाइबल अनुसार परमेश्वर विरुद्धको निन्दा हो ।

एउटा आत्माहत्या गर्ने विश्वासीको बाइबलले के बताउँदछ स् आत्माहत्या गर्ने विश्वासीले मुक्ति गुमाउने नरक जाने भनी बाइबलले भन्दैन । बाइबलले सिकाउछ कि एउटा व्यक्तिले द्रीष्टमा साँचोरुपले विस्वास गरेको क्षण देखि उ बा उनी अनन्तको लागि सुरक्षित हुन्छ ( यूहन्ना ३ १६ ) । के हुन्छ भन्ने कुराको मतलवबिना नै विश्वासीहरुले तिनीहरु अनन्त जीवनले मुक्ति हुन्छन् भन्ने कुरा शंका देखि निस्केर बुझ्दछन् “ तिनीहरुले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान्न भन्ने हेतुले परमेश्वरका पूत्रको नाउमा विश्वास गर्ने तिनीहरुलाई यो पत्र लेख्दैछु ।” (१ यूहन्ना ५ १३ ) परमेश्वरको प्रेमवाट विश्वासीहरुलाई कुनै थोकले पनि अलग गर्न सक्दैन । किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले र्स्वर्गदुतहरुले वा प्रधानताहरुले वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले वा शक्तिहरुले वा उचाईले वा गहिर्राईले वा सारा ख्रीष्टमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन (रोमी ८ :३८- ३९) यदि “ सृष्टि गरिएका थोकले” एउटा विश्वासीलाई परमेश्वरको प्रेम देखि अलग गर्न सक्नेछैन भने एउटा विश्वासी जसले आत्माहत्या गर्दछ ऊ वा उनी पनि एक “ सृष्टि गरिएका थोक ”हो , त्यस कारण आत्माहत्याले पनि उसलाई परमेश्वरको प्रेमवाट अलग गर्न सक्नेछैन । येशू हाम्रो सबै पापहरुको निमित मर्नुभयो र यदि एउटा साँचो विश्वासी एक आत्मिक आक्रमणको समयमा वा कमजोरी हेर्दा आत्माहत्यागर्छ भने त्यो एक पाप हुन् , तर ख्रीष्ट त्यसको निम्ति मर्नु भएको छ ।

आत्माहत्या परमेश्वरको विरुद्धको गंभीर पाप होइन भन्ने यसको तार्त्पर्य होइन । बाइबल अनुसार आत्माहत्या , हत्या हो , यो नित्य गलत हो । एक विश्वासी भनी दावी गर्ने तर आत्माहत्या गर्ने विश्वासीको विश्वासको सच्चता माथि गंभिर शंका उपशंकाहरु एठेका हुनेछन् । आफ्ना जीवन लिने विशेष एक विश्वासी , कशैलाई पनि उचित सिद्ध ठहरयाउने त्यँहा कुनै अवस्था छैन । विश्वासीहरु तिनीहरुका जीवन परमेश्वरका निमित जीउन बोलाईएका हुन् र कहिले मर्ने भन्ने कुराको निर्णय परमेश्वरको केवल परमेश्वरको हातमा निहित हुन्छ । शायद , आत्माहत्याको उद्धाहरण दिने एक राम्रो उपाय चाँहि एस्तरको पुस्तकवाट लिन सकिन्छ । फारसीहरुका एउटा यस्तो कानुन थियो कि , यदि कोहि राजाको निमन्त्रणा विना राजाको अगाडि आए मृत्यु दण्ड दिइन्थ्यो । जवसम्म राजाले राजदण्ड त्यो व्यक्ति तर्फपसादैनथ्यो तवसम्म त्यो व्यक्तिले राजाको कृपा पाउदैनथ्यो ।आत्माहत्या गर्नु चाँहि एउटा विश्वासीको निम्ति राजाको वोलावटलाई पर्खनुको सट्टा आफ्नै तरिकाले जवरजस्ती हेर्न चाहानु जस्तै हो उँहाले तपाई तर्फउँहाको राजदण्ड तपाईको अनन्त जीवन खतम गर्न पर्सनु हुनेछ तर यसको अर्थ यो हुदैन कि उँहा तपाई संग खुशी हुनुहुन्छ । यसले आत्माहत्या कै विषयमा वर्णन गरेतापनि बाइबलको कोरिन्थी ३ :१५ पदले चाँही आत्माहत्या गर्ने विश्वासीको वारेमा एक राम्रो व्याख्या गर्दछ । “ तर त्यो आफै चाँहि आगोवाट उम्के झै बाँच्नेछ ।”


प्रश्न: इसाई बप्तिस्मा को महत्व के हो ?

उत्तर:
इसाई बप्तिस्मा बाइबल अनुसार एउटा विश्वासीको जीवनको भित्री रुपमा घटेको कुराको बाहिरी गवाही हो । इसाई बप्तिस्माले ख्रीष्टको मृत्यु गडाई र पुनरुत्थान संग भएको एउटा विश्वासीको पहिचानको चित्रण गर्दछ । बाइबलले घोषणा गर्दछ कि, के तिमीहरु जान्दैनौं हामी सबै, जतिले ख्रीष्टमा बप्तिस्मा लियौं, उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौं ? यसकारण हामी बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसंगै माडियौं, ताकि जसरी पिताकेा महिमाद्वारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं (रोमी ६:३-४ NIV)। इसाई बप्तिस्मा मा पानीमा डुबेको अवस्थाले ख्रीष्टसंग गाडिएको चित्रण गर्दछ । पानीबाट बाहिर निस्केर आएको अवस्थाले चाँहि ख्रीष्टको पुनरुत्थानको चित्रण गर्दछ ।

इसाई बप्तिस्मामा एउटा व्यक्तिले बप्तिस्मा लिनु भन्दा अघि उसमा दुईवटा कुराहरुको आवश्यकता हुन्छ (१) त्यो व्यत्तिले ख्रीष्टलाई मुक्तिदाताकेा रुपमा विश्वास गरेको हुनुपर्छ र (२) त्यो व्यक्तिले बप्तिस्माले के बताउछ भन्ने कुरा बुझेको हुनु पर्छछ । यदि एउटा व्यक्तिले प्रभु येशुलाई मुक्तिदाताको रुपमा जान्दछ र इसाई बप्तिस्मा चाँहि ख्रीष्टमा भएको उसको विश्वासको सार्वनजिक घोषण गर्ने आज्ञाकारीताकेा एउटा कदम हो भनी बुझ्दछ र बप्तिस्मा लिन इच्छा गर्दछ भनेउसलाई बप्तिस्मा हुनबाट कसैले रोक्न सक्दैन । बाईबल अनुसार इसाई बप्तिस्मा आज्ञापालनको एउटा कदम हो मुक्तिको निम्ति केवल ख्रीष्टमा भएको कसैको विश्वासको एक सार्वजनिक घोषणा हो । इसाई बप्तिस्मा महत्वपूर्ण छ किनभने यो एक आज्ञापालनको कदम हो सार्वनजिकरुपले ख्रीष्टमा भएको विश्वासको घोषणा गराई हो र उहाँप्रतिको समर्पणता हो अनि ख्रीष्टको मृत्यु गडाई र पुनरुत्थानसंगको पहिचान हो ।


प्रश्न: बाइबलले दशांश दिने विषयमा के भन्दछ ?

उत्तर:
धेरै इसाईहरुले संघर्ष गर्ने एउटा विषय नै दशांश दिने कुरा हो । धेरै मण्डलीहरुमा दशांश दिने कुरालाई अधिक जोड दिएको हुन्छ । त्यही अवस्थामा धेरै विश्वासीहरुला प्रभुलाई भेटी दिने सम्बन्धको बाइबलीय प्रबोधन प्रति आफैलाई समर्पण गर्न इन्कार गर्दछन् । दशांश दिनु चाँहि एक आनन्द र एक आशिषको निमित निर्दिष्ट गरिनु हो । दुःखको कुरा त्यो आज मण्डलीमा ज्यादै कम मात्रामा हुने मामला हो ।

दशांश दिने कुरा एउटा पुरानो करारको धारणा हो । दशांश चाँहि व्यवस्थाको एउटा माग थियो जसमा सारा इस्राएलीहरुले मन्दिर वा सन्दुकको निम्ति तिनीहरुले कमाएको र उमारेको प्रत्येक थोकको १० प्रतिशत दिनु पर्दथ्यो (लेवी २७:३० गन्ती १८:२६ व्यवस्था १४:२४ २ इतिहास ३१:५) । कसैले पुरानो करारको दशांशलाई वलिदान प्रणालीका लेवी र पूजारीहरुका खाँचोहरु पूरा गर्न दिइने करको एक तरीकाको रुपमा बुझ्दछन् । नयाँ करारमा कहीँ पनि कानूनीरुपमा दशांश दिने प्रणाली प्रति विश्वासीहरु समर्पित हुनु पर्दछ भनी आज्ञा वा सिफारीस गरेको छैन । पावलले विश्वासीहरुलाई तिनीहरुको आमदानीको एक भाग मण्डलीलाई सहयोग गर्न अलग गर्नु पर्छ भनी सिकाउँदछ (१ कोरिन्थी १६:१-२) ।

नयाँ करारमा कहीं पनि आमदानीको एक निश्चित प्रतिशत छुट्याउनु भनी निर्दिष्ट गरेको छैन, तर “आ-आफ्नो कमाई अनुसार केही धन छुट्टायर …” मात्र भनेको छ (१ कोरिन्थी १६:२) । इसाई मण्डलीहरुले पुरानोकरारको दशांश बाट १०% अंक लाई महत्वपूर्णरुपमा लिएर इसाईहरुको निम्ति दिने कुराको एक “सिफारिस गरिएको न्यून्तम” अंक को रुपमा लिएका छन् । तापनि नयाँ करारले एक विशेष रकम वा प्रतिशत दिनकेा निम्ति ठम्याउदैन तर यसले दिनुको महत्व र फाईदाको विषयमा चाँहि बताउँदछ ।

“तिमीहरु हरेकले आ-आफ्नो कमाइ अनुसार केही धन छुट्याएर दिनु पर्छ” । कहिलेकाँही त्यसको अर्थ दशांश भन्दा पनि धेरै दिने भन्ने हुन्छ र कहिलेकाँही दशांश भन्दा कम पनि हुन सक्छ । यो सबै विश्वासीको क्षमता माथि भर पर्दछ र मण्डलीको खाँचोमा पनि । प्रत्येक विश्वासीले दशांश दिने कुरामा वा कति दिने भन्ने कुरामा सहभागी हुनु कि नहुनु भन्ने सम्बन्धमा ध्यान पूर्वक प्रार्थना गरेर परमेश्वरको बुद्धि खोज्नु पर्दछ । (याकूब १:५)

“अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम दिओस इच्छा नभई होइन, नता करकापमा परेर । किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ ।(२ कोरिन्थी ९:७)।


प्रश्न: बाइबलले त्रिएकत्वको बिषयमा केभन्दछ ?

उत्तर:
त्रिएकत्वप्रतिको इसाईहरुका धारणाको विषयमा अति नै गाह्रो कुरा चाँहि त्यो हो कि यसलाई पर्याप्तरुपले ख्याख्या गर्ने कुनै उपाय छैन । त्रिएकत्व एउटा यस्तो धारणा हो जसलाई मानिसहरुले सम्पूर्णरुपमा बुझ्न असम्भव छ । परमेश्वर हामी भन्दा अत्यन्त महान हुनुहुन्छ यसकारण हामीले उहाँलाई सम्पूर्णरुपले जान्नेछौं भनी अपेक्षा गर्नु हुंदैन । बाइबलले पिता परमेश्वर हुनुहुन्छ, येशू परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भनी सिकाउँदछ । बाइबलले यो पनि सिकाउँदछ कि परमेश्वर एउटै हुनुहुन्छ अथवा त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ । हामीले त्रिएकत्वको विभिन्न व्यक्तित्वहरुका एक अर्कासंग भएको सम्बन्धको तथ्य बारेमा केहि बुझ्न सकेतापनि यो मानव सोचाईको लागि अबोध्य छ । यधपि यसको मतलब यो होइन कि यो सत्य छैन वा बाईबलका शिक्षा आधारित छैन ।

जब हामी यो विषय बारे अध्ययन गरिरहेका हुन्थ्यौं त्यस समय हामीले दिमागमा यो कुरा राख्नु पर्दछ कि “त्रिएक”भन्ने शब्द बाइबलमा प्रयोग गरेको छैन । यो शब्द त्रिएक परमेश्वरलाई बुझाउँने कोशिशमा प्रयोग भएको मात्र हो । तथ्य चाँहि त्यहाँ तीन सह-अस्तित्व भएको सह-अनन्त व्यक्त्विहरु छन् जसले परमेश्वरको बनावट वा स्वभाव प्रस्तुत गर्दछ । बुझ्नु पर्ने कुरा चाँहि यसले कुनै पनि तरिकाले तीन जना परमेश्वरहरु छन् भनि भन्दैन । “त्रिएकत्व”भनेको एक मात्र परमेश्वरको तीन व्यक्तित्वहरु हुन् । “त्रिएकत्व” शब्द प्रयोग गर्नुमा कुनै आपत्ति छैन यधपि यो शब्द बाइबलमा नभेटिएतापनि । एउटा परमेश्वरको तीन सह-अस्तित्व सह-अनन्त व्यक्तित्वहरु भन्नु भन्दा “त्रिएक”भन्नु नै छोटो र छिटो हुन्छ । यदि यो भन्दा तपाईलाई समस्या जस्तो लाग्छ भने बिचार गर्नुहोस् त; “हजूरबुवा” भन्ने शब्द पनि बाइबलमा प्रयोग गरेको छैन तापनि हामीलाई थाहा छ कि बाइबलमा धेरै हजूरबुवाहरु थिए । अब्राहम याकूबका बाजे थिए । वास्तविक महत्वपूर्ण कुरा चाँहि “त्रिएक” शब्दबाट प्रस्तुत भएको धारणा चाँहि धर्मशास्त्रमा छ । परिचयको लागि त्रिएकत्वको छलफलमा बाइबलका पदहरु प्रस्तुत गर्न सकिन्छ जस्तैः

१) एक मात्र परमेश्वर हुनुहुन्छः व्यवस्था ६:४: १ कोरिन्थी ८:४; गलाती ३:२०; १ तिमीथी २:५

२) त्रिएकत्वमा तीन व्यक्तित्व हुन्छन् : उत्पक्ति १:१; १:२६; ३:२२; ११:७; यशैया ६:८; ४८:१६; ६१:१; मत्ती ३:१६-१७; मत्ती २८: १९; २ कोरिन्थी १३:१४ । पुरानो करारमा भएका खण्डहरुमा हिब्रू भाषाको ज्ञान हुन जरुरी हुन्छ । उत्पत्ति १:१ पदमा “एलोहिम” “Alohim” भन्ने बहूवचन संज्ञा प्रयोग गरिएको छ । “एलोहिम” “Alohim” र “हामी वा हाम्रै” शब्दले दुई भन्दा बढीलाई देखाउँदछ यसमा कुनै प्रश्न छैन । अंग्रेजी भाषामा दुइ वटा रुप छन्; एकवचन र बहूवचन हिब्रू भाषामा चाँहि तीन वटा रुपहरु छन्; एकवचन दुइ वचन र वहूवचन । दुइ वचन चाँहि दुई जनाको निम्ति हुन् । हिब्रू भाषामा दुइवचनलाई जोडी कुराहरु का निम्ति प्रयोग गरिन्छ जस्तै आँखा, कान र हातहरु । “एलोहिम” र “हाम्रै” भन्ने संज्ञा र सर्वनाम शब्दहरु वहूवचन शब्दहरु हुन् निश्चय पनि दुइ भन्दा वढी र यसले तीन वा त्यो भन्दा बढि नै देखाईरहेको हुनुपर्छ । यहि मामलामा नै पिता पुत्र र पवित्र आत्मा आउँदछन् ।

यशैया ४८:१६ र ६१:१ पदहरुमा पिता र पवित्र आत्मालाई सम्वोधन गर्दै पुत्र बोलिरहनु भएको छ । पुत्र नै बोलिरहनु भएको छ भन्ने कुरा हेर्न यशैया ६१:१ पदलाई लूका ४:१४-१९ पदसंग तुलना गर्नुपर्दछ । मत्ती ३:१६-१७ पदहरुमा येशूले बप्तिस्मा लिनुभएको कुरा लेखिएका छन् । यस खण्डमा पवित्र आत्मा परमेश्वर पुत्र परमेश्वरमाथि ओर्लिरहनु भएको छ र पिता परमेशवरले पुत्र प्रतिको आफ्नो प्रसन्नताको घोषणा गर्नु हुन्छ । मत्ती २८:१९ र २ कोरिन्थी १३:१४ पदहरु त्रिएकत्वमा भएका तीन भिन्न व्यक्तित्वहरुका उदाहरण हुन् ।

३) त्रिएकत्वका सदस्यहरु धेरै खण्डहरुमा एक देखि अर्कामा भिन्न छ जस्तै पुरानो करारमा “परमप्रभु देखि परमप्रभु” भिन्न छ (उत्पक्ति १९:२४; होसे १:४) परमप्रभुको एउटा पुत्र छ (भजन २:७ १२; हितोपदेश ३०:२-४) । आत्मा “परमप्रभु” देखि भिन्न छ (गन्ती २७:१८) र “परमेश्वर” देखि पनि (भजन ५१:१०-१२) । पुत्र परमेश्वर पिता परमेश्वर देखि भिन्न हुनुहुन्छ (भजन ४५:६-७; हिब्रू १:४-९) । नयाँ करारमा येशूले पवित्र आत्मालाई एउटा सल्लाहकार को रुपमा पठाई दिने सम्बन्धमा पितासंग बोल्नु हुन्छ (यूहन्ना १४:१६-१७) । यसले देखाउद कि येशूले आफैलाई पिता वा पवित्र आत्मा हुने विचार गर्नु भएन । सुसमाचारीय पुस्तकहरुमा अरु बेला पनि येशू पिता संग बोल्नु हुन्छ । के उहाँ आफै संग बोल्दै हुनुहुन्थ्यो होइन उहाँ त्रिएकत्वमा हुनुहुने अर्को व्यक्तित्व “पिता” संग बोल्दै हुनुहुन्थ्यो ।

४) त्रिएकत्वको प्रत्येक सदस्य परमेश्वर हुनुहुन्छ : पिता परमेश्वर हुनुहुन्छः (यूहन्ना ६:२७; रोमी १:७; १ पत्रुस १:२) । पुत्र परमेश्वर हुनुहुन्छ : “यूहन्ना १:११४; रोमी ९:५; कलस्सी २:९; हिब्रू १:८; १ यूहन्ना ५:२०) । पवित्र आत्मा परमेश्वर हुनुहुन्छः (प्रेरित ५:३-४; १ कोरिन्थी ३:१६) । भित्र बास गर्नुहुने नै पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना १४:१६-१७; प्रेरित २:१-४) ।

५) त्रिएकत्वमा अधीनीकरणः धर्मशास्त्रले देखाउँदछ कि पवित्र आत्मा पिता र पुत्र प्रतिको अधीनमा रहेको कुरा देखाउँदछ र पुत्र पनि पिताकेा अधीनमा रहेको छ । यो एक अन्तर-सम्बन्ध हो र यसले त्रिएकत्वमा हुने कुनै व्यक्तित्वको ईश्वरत्वलाई इन्कार गर्दैन । यो केवल एउटा यस्तो क्षेत्र हो जसलाई हाम्रो सिमित सोचाईले असिमित परमेश्वरको सम्बन्धमा बुझ्नै सकिन्दैन । पुत्रको विषयमा हेरौं: (लूका २२:४२; यूहन्ना ५:३६; यूहन्ना २०:२१;१ यूहन्ना ४:१४) । पवित्र आत्माको सम्बन्धमा : (यूहन्ना १४:१६; १४:२६; १५:२६; १६:६७) र विशेष गरी यूहन्ना १६:१३-१४ पदहरु ।

६) त्रिएकत्वका सदस्यहरुका कामः पिता संसारको अन्तिम स्रोत वा कारक हुनुहुन्छ (१ कोरिन्थी ८:६; प्रकाश ४:११); त्यसै गरी स्वर्गीय प्रकाश (प्रकाश १:१); मुक्ति (यूहन्ना ३:१६-१७); र येशू ख्रीष्टको काम (यूहन्ना ५:१७; १४:१०) सबैका पनि उहाँ स्रोत वा कारक हुनुहुन्छ । पिताले यी सबै थोकहरुलाई शुरु गर्नुभयो ।

पूत्र एक कर्ता हुनुहुन्छ जसद्वारा पिताले यी निम्न कामहरु गर्नुहुन्छः संसारको सृष्टि र अनुरक्षण (उत्पत्ति १:२ अथ्यूब २६:१३; भजन १०४:३०): स्वर्गीय प्रकाश (यूहन्ना १:१; मत्ती ११:२७; यूहन्ना १६:१२-१५; प्रकाश १:१); र मुक्ति (२ कोरिन्थी ५:१९; मत्ती १:२१; यूहन्ना ४:४२) । पिताले यी काम पूत्रद्वारा गर्नु हुन्छ जसले उहाँको कार्यकर्ताको रुपमा काम गर्नुहुन्छ ।

पवित्रआत्मा साधन हुनुहुन्छ जसद्वारा पिताले यी निम्न कामहरु गर्नुहुन्छः संसार (उत्पत्ति १:२; अथ्यूब २६:१३; भजन १०४:३००); स्वर्गीय प्रकाश (यूहन्ना १६:१२-१५; एफिसी ३:५; २ पत्रूस १:२१); मुक्ति (यूहन्ना ३:६; वितस ३:५;१ पत्रूस १:२; र येशूका कामहरु यशैया ६१:१); प्रेरित १०:३८ का सृष्टि र अनुरक्षण गर्ने काम । यसरी पिताले यी सबै थोकहरु पवित्र आत्माको शक्ति द्वारा गर्नुहुन्छ ।

कुनै पनि लोकपिय उदाहरणहरु त्रिएकत्वको सम्पूर्णरुपले ठिक वर्णनहरु होइनन् । अण्डा वा स्याउमा छिल्का सेतो र पहेंलो भाग हुन्छ अण्डा आफै यी कुराहरुमा हुदैंन त्यस्तै बोक्रा गुदी र बीउँ स्याउँको भागहरु हुन स्याउँ नै चाँहि होइन । पिता पुत्र र पवित्र आत्मा परमेश्वरका भागहरु हुन् तर उहाँहरु मध्ये सबै परमेश्वर हुन् । पानीको उदाहरण केहि मात्रामा राम्रो छ तर अझ पनि त्रिएकत्वलाई स्पष्ट व्याख्या गर्न अपर्याप्त हुन्छ । तरल बाफ र हिँउ पानीका रुपहरु हुन् । पिता पूत्र र पवित्र आत्मा परमेश्वरका रुपहरु होइनन् तर उहाँहरु प्रत्येक परमेश्वर हुनुहुन्छ । यी उदाहरणहरुले त्रिएकत्वको चित्र दिन सक्ला तर चित्र सम्पूर्णरुपमा सहि हुंदैन । एक असिमित परमेश्वरलाई सिमित उदाहरणले पूर्णरुपमा वर्णन गर्न सकिन्दैन । त्रिएकत्वमा समकेन्द्रित भइ रहनुको सट्टा परमेश्वरको महानता र हाम्रो भन्दा असिमितरुपले उच्च स्वभावको तथ्य माथि केन्द्रित हुने कोशिश गरौं । “आहा ! परमरेश्वरको वैभव र वृद्धि र ज्ञान कति गहिरो ! उहाँका इन्साफहरु कक्ति अगम र उहाँका मार्ग बुझ्न नसकिने !” किनभने प्रभुको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ ? “ रोमी ११:३३-३४) ।


प्रश्न: बाइबलले रक्सी वा मदिरा पिउने सम्बन्धमा के भन्दछन ? के एउटा विश्वासीको निम्ति रक्सी वा मदिरा सेवन गर्नु पाप हो ?

उत्तर:
बाइबलले रक्सी वा मदिरा पिउने सम्बन्धमा धेरे कुराहरु भन्दछ (लेवी १०:९; गन्ती ६:३; व्यवस्था २९:६; न्यायकर्ता १३:४; ७:१४; हितोपदेश २०:१; ३१:४; यशैया ५:११; २२; २४:९ ;२८:७; २९:९; ५६:१२ । यधपि धर्मशास्त्रले अनिवार्यरुले बियर मदिरा अथवा कुनै पनि रक्सी युक्त पिउने पदार्थ पिउने कुराबाट रोक्दैन । वास्तवमा कुनै कुनै धर्मशास्त्रहरुले रक्सी वा मदिरालाई सकारात्मक शब्दहरु बिचार-विमर्श गर्दछ । उपदेशक ९:७ पदले “… खुसी मनले आफ्नो दाखमध पिऊ…” भनी भन्दछ । भजन १०४:१४-१५ पदहरुले परमेश्वरले मदिरा दिनु हुन्छ भनी सिकाउँदछ जस्तै लेखिएको छ “मानिसको मन आनन्दित गराउनलाई दाखमध …। दिनु हुन्छ ।” आमोस ९:१४ पदले परमेश्वरको आशिषको चिन्हको रुपमा आफ्नै दाखबारीबाट दाखमध पिउने कुरा बारे विचार-विमर्श राख्दछ । यशैया ५५:१ पदले “आओ विना पैसा र विनादाम दाखमध र दूध किन ।” भनी उत्साह दिदछ ।

परमेश्वरले रक्सी वा मदिराको सम्बन्धमा त्यसबाट हुने मतवालापन वा नशादेखि अलग रहन आज्ञा गर्दछ (एफिसी ५:१८) । बाइबलले मतवालापन र त्यसका असरहरुको निन्दा गर्दछ (हितोपदेश २३:२९-३५) । विश्वासीहरुलाई तिनीहरुका शरीरहरुलाई कुनै कुराले “अधीन” गर्न नदिनु भनी आज्ञा दिइएका छन् (१ कोरिन्थी ६:१२:२ पत्रूस २:१९) । अधिकरुपमा रक्सी वा मदिरा सेवन गर्नु भनेको अकट्य रुपमा लत बस्नु हो । धर्मशास्त्रले पनि एउटा विश्वासीलाई कुनै पनि त्यस्तो कामहरु गर्नदेखि रोक्दछ जुन कामले अन्य विश्वासी भाई वा बहिनीलाई बाँधा पुर्याउँन सक्दछ वा कुनै विश्वासीलाई उसको वा उनीको विवेकको विरुद्ध पाप गर्न प्रेरणा दिन सक्दछ (१ कोरिन्थ ८:९-१३) । यही सिद्धान्तको प्रकाश अनुसार कुनै पनि विश्वासीलाई यो भन्न असहजिलो हुन्छ कि उसले परमेश्वरको महिमाको निम्ति रक्सी वा मदिरा पिउँदछ (१ कोरिन्थ १०:३१) ।

येशुले पानीलाई दाखमधमा परिणत गर्नुभयो । यो घटनाले येशुले त्यो अवसर मा दाखमध पिउनुभयो भन्ने जस्तो देखाउँछ (यूहन्ना २:१-११; मत्ती २६:२९०) । नयाँ करारका समयमा पानीहरु धेरै सफा थिएनन् । आधुनिक सरसफाईको प्रबन्ध नभएको कारण पानी जीवाणु किटाणु र सबै प्रकारका प्रदूषणहरुले पूर्ण थिए । आज पनि यस्तै अवस्था तेस्रो-विश्व राष्ट्रहरुमा छन् । त्यस्को परिणाम स्वरुप मानिसहरुले दाखमध वा अंगूरको रस पिउथें किनभने यो चाँहि प्रदूषित हुन सम्भव थिएन । (१ तिमोथी ५:२३) पदमा पावलले तिमोथीलाई पानी पिउन बन्ध गर भनी सल्लाह दिन्छ शायद त्यो पानीले उसको पेटमा समस्या उत्पन्न गरेको हुनसक्छ र त्यसको सट्टा दाखमध पिउन सल्लाह दिन्छ । त्यो समयमा दाखमध रक्सी वा मध युक्त हुन्थे तर अनिवार्यरुपमा आजभोलि कै मात्रा मा चाँहि हुंदैन थियो । त्यो अंगूर कै रस थियो भन्नु चाँहि ठिक हुंदैन तर यो पनि भन्न ठिक होइन कि हिजो-आज प्रयोग गरिने मदिरा वा रक्सी जस्तै थिए । फेरि पनि धर्मशास्त्रले रक्सी वा मदिरा युक्त कुनै पनि पिउने पदार्थ वा वियर र रातो मदिरा सेवन गर्न देखि रोक्दैन । रक्सी वा मदिरा आफैमा पापद्वारा दूषित हुंदैन बरु रक्सी वा मदिरा प्रतिको मतवालापन र नशा बाट चाँहि विश्वासीहरुले सम्पूर्णरुपले आफैलाई रोक्नु जरुरत पर्दछ ।

रक्सी वा मदिरा कम्ती मात्रामा सेवन गर्नु न त हानीकारक न लत बसेको हुनु हो । वास्तवमा कुनै-कुनै डाक्टरहरुले थेारै मात्रामा रातो मदिरा वा रम पिउनु स्वस्थको लागि लाभदायक हुन्छ भनेर समर्थन गर्दछन् विशेष गरी मुटुको निम्ति । थोरै मात्रामा मदिरा सेवन गर्नु चाँहि विश्वासहिरुका निम्ति स्वतन्त्रको कुरा हो । मतवालापन र त्यस प्रतिको लत चाँहि पाप हो । यधपि रक्सी वा मदिरा र त्यसको असरहरुका सम्बन्धमा बाइबलीय चिन्ता भएको कारण रक्सी वा मदिरा धेरै मात्रामा सेवन गर्न सक्ने सहज परिक्षा हुने भएकाले र अरुको निम्ति बाँधा वा ठेसको कारण हुन सक्ने सम्भावना भएकाले एउटा विश्वासीको निम्ति सम्पूर्णरुपले रक्सी वा मदिरा सेवनबाट अलग रहनु नै प्रायः वेश हुन्छ ।


प्रश्न: बाइबलले विवाह अघि हुने यैानसम्त्रन्ध बारे के भन्दछ ?

उत्तर:
विवाह अघि हुने यैान सम्बन्ध यौन अनैतिकताकेा एउटा प्रकार हो जसलाई धर्मशास्त्रमा बारम्बार निन्दा गरिएका छन् (प्रेरित १५:२०, १ कोरिन्थी ५:१; ६:१३, १८; १०:८; २ कोरिन्थी १२:२१; गलाती ५:१९; एफिसी ५:३; कलस्सी ३:५; १ थेस्लोनिकी ४:३; यहूदा ७ पद) । बाइबलले विवाह अघि परेहजी हुनुलाई प्रोत्साहन दिदछ तर विवाह अघि यौन सम्बन्ध राख्नु व्यभिचार जति कै गलत हो र यौन अनैतिक्ताको एक रुप हो किनभने तिनीहरुले तिनीहरुका पति वा पत्नी भन्दा अरु कसै संग सम्बन्ध राखेका हुन्छन् । एउटा पति र पत्नी बीचको यैानसम्बन्ध मात्र परमेश्वरले अनुमोदन गर्ने यौनसम्बन्ध हो (हिब्रू ११३:४) ।

विवाह अघि हुने यैानसम्बन्ध धेरै कारणहरु वा तर्कहरको निम्ति धेरै साधारण भएको छ । हामी प्रायः यैानको मनोराजनको रुपमाथि केन्द्रित हुन्छौं तर पुन-सृष्टिको रुपलाई भने चिन्दैनौं । हो यौन आनन्दायक हुन्छ । परमेश्वरले यसलाई त्यस्तै तरिकाले निर्दिष्ट गर्नुभयो र उहाँले स्त्री र पुरुषले यौन किर्याको आनन्द लिएको चाहनु हुन्छ तर विवाहको सिमानामा रहेर । यधपि यौनको प्राथमिक उद्देश्य आनन्द होइन तर प्रजनन हो । परमेश्वरले विवाह अघि हुने यौन सम्बन्ध लाई हामीलाई आनन्दबाट विञ्चत गर्न अवैध बनाउनु भएको होइन तर अनावश्यक गर्भधारणबाट हामीलाई बचाउन हो र यस्तो नानीहरु जन्माउन देखि बचाउँन हो जसलाई तिनीहरुले चाहा नै गरेका हुंदैनन् त तिनीहरु त्यसको निम्ति तयार नै भएका हुन्छन् । कल्पना गर्नुहोस् यदि यौन प्रतिको परमेश्वरको नमूनालाई पालन गरेको भए हाम्रो संसार कति असल हुन्थ्यो होला : यौनबाट सर्ने रोगहरुको कमि थोरै अविवाहित आमाहरु अनावश्यक गर्भधारणहरुको न्यून संख्या थोरै मात्रामा गर्भपतन आदि । परहेज वा त्याग परमेश्वरको एक मात्र निति हो जब यो विवाह अघि हुने यैान सम्बन्धमा आउँदछ । परहेजवा त्यागले जीवनहरुलाई बचाउँदछ शिशुहरुलाई रक्षा गर्दछ उचित मान्यता भएको यौनसम्बन्ध प्रदान गर्दछ र अति नै महत्वपूर्ण कुरा चाँहि यसले परमेश्वरलाई सम्मान गर्दछ ।


प्रश्न: येशू उहाँको मृत्यु र पुनरुत्थान बीचको तीन दिनसम्म कहाँ हुनु्हुन्थ्यो ?

उत्तर:
१ पत्रुस ३:१८-१९ पदहरुले सिकाउँदछन्, “किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रीष्ट पनि पापहरुका निम्ति सदाकोलागि एक चोटि मर्नु भयो । उहाँ शरीरमा मारिनुभयो तर आत्मामा उहाँ जीवित पारिनुभयो । यसै आत्मामा उहाँ जानुभयो र कैदमा मरेका आत्माहरुलाई पनि प्रचार गर्नुभयो ।” १८ पदमा भएको “आत्मा”भन्ने वाक्याँश “शरीरमा” भन्ने वाक्याँश जस्तै एकदमै मिल्दो अर्थको छ । यसैले “आत्मा”शब्दलाई एउटै क्षेत्रको “शरीर” शब्द संग सम्बन्ध स्थापित गर्न असल देखिन्छ । शरीर र आत्मा चाँहि ख्रीष्टको शरीर र आत्मा हुन् । “आत्मामा उहाँ जीवित पारिनु भयो ।”भन्ने वाक्यांशले ख्रीष्टले पाप बोक्नु भएको र मृत्युले उहाँको मानविय आत्मालाई पिताबाट अलग गरेको तथ्यलाई संकेत गर्दछ (मत्ती २७:४६) । मत्ती २७:४६ र रोमी १:३-४ बीचमा जस्तै शरीर र आत्माको बीचमा विषमता छ र ख्रीष्टको शरीर र पवित्र आत्मामाको बीचमा होइन । जब पापको निम्ति गरिएको ख्रीष्टको प्रायश्चितको काम पूरा भए तब उहाँको आत्माले त्यो तोडिएको संगतिलाई पुनस्थापन गरे ।

१ पत्रूस ३:१८:२२ पदहरुले ख्रीष्टको दुःख (१८ पद) र उहाँको महिमा २२ पद बीचको अनिवार्य समबन्धलाई वर्णन गर्दछन् । पत्रूसले मात्र ति दुई घटनाहरुको बीचमा के भएको थियो भन्ने बिषयमा विशेष जानकारी दिदछ । १९ पदमा भएको “प्रचार गर्नुभयो”भन्ने वाक्यांश नयाँ करारमा सुसमाचार प्रचार गर्ने कुरालाई वर्णन गर्ने सधैंको शब्द वा वाक्यांश होइन । यसको साँच्चै अर्थ एउटा सन्देश घोषणा गर्नु भन्ने हुन्छ । येशूले दुःख भोग्नु भयो र क्रूशमा मर्नुभयो उहाँको शरीरलाई मारियो र जब उहाँलाई पाप बोकाइयो तब उहाँको आत्मा पनि मर्यो । तर उहाँको आत्मालाई जीवित पारियो र उहाँले यसलाई पितालाई समर्पित गर्नुभयो । पत्रूसको अनुसार उहाँको मृत्यु र उहाँको पुनरुत्थान बीचकेा अवधिमा येशूले कैंदमा भएका आत्माहरुलाई एउटा विशेष घोषणा गर्नु भयो । यसलाई सुरु गर्न पत्रूसले मानिसहरुलाई “आत्माहरु” भनी समबोधन गर्नुभयेा (३:२०) । नयाँ करारमा “आत्माहरु”भन्ने शब्दले स्वर्गदुत वा दृष्ट आत्माहरु व्याख्या गर्न प्रयोग भएको छ मानिसहरुलाई होइन र २२ पदले यो अर्थलाई साबित गर्दछ । बाइबलमा कतै पनि येशू नरक जानुभयो भन्ने कुरा हामीलाई बताउँदैन । प्रेरित २:३१ पलदे भन्दछ कि उहाँ “पाताल”मा जानुभयो तर “पाताल”भनेको नरक होइन । “पाताल”शब्दले मृत्युको लोक भन्ने देखाउँछ एउटा अस्थायी स्थान जहाँ रहेर पुनरुत्थानको प्रतिक्षा गरिन्छ । नयाँ अन्तराष्ट्रिय अनुवाद (New International version) बाइबलमा भएको प्रकाश २०:११-१५ पदहरुले यी दुई स्थानहरु बीचको स्पष्ट भिन्नतालाई प्रस्तुत गर्दछन् । नरक भनेको हराएकाहरुका निम्ति स्थायी ठाउँ र अन्तिम न्याय हो । पाताल चाँहि अस्थायी ठाउँ हो ।

हाम्रो प्रभुले उहाँको आत्मा पितालाई समर्पित गर्नुभयो, मर्नुभयो र मृत्यु र पुनरुत्थान बीच को त्यही समयमा मृत्युलोक वा पातालमा जानुभयो जहाँ उहाँले आत्माहरुलाई शायद पतन भएका स्वर्गदूतहरुलाई (यहूदा ६ पदमा) सन्देश दिनु भयो जोहरु कुनै किसिमले नूहको समयमा भएकेा जलप्रल्य अघिका समयसंग सम्बन्धित थिए । २० पदले यो स्पष्ट पार्दछ । पत्रूसले येशूले कैदमा परेका आत्माहरुलाई के प्रचार गर्नुभयो भनी भन्दैन तर यो उद्धार वा मुक्तिको सन्देश पनि हुन सकदैन कारण स्वर्गदूतहरको उद्धार हुन सक्दैन (हिब्रू २:१६) । यो शायद शैतान त्यसको प्रधानताहरु माथिको विजयको घोषणा थियो होला (१ पत्रुस, ३:२२ कलस्सी, २:१५ एफिसी ४:८-१० पदहरुले पनि येशू “स्वर्गलोक”मा जानुभयो भन्ने जस्तो देखाउँदछ (लूका १६:२२; २३:४३) र उहाँको मृत्यु भन्दा पहिले विश्वास गर्नेहरुलाई स्वर्गलोकमा लैजानु भयो । खण्डले के भयो भन्ने सबै जानकारीहरु दिदैन् तर धेरै बाइबल विद्धानहरले ुकैदलाई बन्दी बनाएर लानुभयोू भन्ने वाक्यांशद्वारा यसको अर्थ त्यही नै हो भन्ने कुरामा समर्थन दिन्छन् ।

यसकारण समग्रमा भन्नु पर्दा, बाईबलले येशूको मृत्यु र पुनरुत्थान बीचको अवधिमा उहाँले के गर्नुभयो भन्ने कुरा लाई सम्पूर्ण स्पष्टसाथ भन्दैन । यो यस्तो देखिन्छ कि उहाँले पतन भएका स्वर्गदूतहरुलाई वा विश्वासीहरुलाई विजयताको घोषणा गर्दै हुनुहुन्थ्यो हामी के कुरा निश्चित रुपमा जान्न सक्छौं भने कि येशूले मानिसहरुलाई मुक्तिकोलागि दोस्रो मौका दिदै हुनुहुन्थेन ।

बाईबलले भन्दछ कि मृत्यु पछि हामीले न्यायको सामना गर्नुपर्नेछ (हिब्रू ९:२७) दोस्रो मौका होइन । त्यहाँ साँच्चै कुनै निश्चितरुपमा स्पष्ट उत्तर येशूले आफ्नो मृत्यु र पुनरुत्थान बीचको समयमा के गर्नुभयो भन्ने सम्वन्धमा केहि पनि छैन । शायद यो एउटा रहस्य हो जसलाई हामी महिमा पुगे पश्चात मात्र जान्ने छौं ।


प्रश्न: बाइबलले जुवा-तासको बारेमा के भन्दछ के जुवा-तास खेल्नु पाप हो ?

उत्तर:
जुवा-तासलाई यसरी परिभाषित गर्न सकिन्छ जस्तै “सम्भवनाको विपरीत रहेर कुनै कुरामा पैसालाई बढाउने कोशिशमा पैसालाई जोखिममा लगाउनु हो ।” यधपि बाइबलले हामीलाई रुपाय पैसाको मोहबाट टाढा रहने चेतावनी दिनुहुन्छ (१ तिमोथी ६:१०, हिब्रू १३:११, २३:५ उपदेशक ५:१०) । जुवा-तास निश्चय पनि पैसा प्रतिको मोहमा नै समकेन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने वचन वद्धतासाथ मानिसलाई अकाट्य रुपले लोभ्याँदछ ।

जुवा-ताससंग के समस्या छन् जुवा-तास एउटा असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाँही मात्र खेलिन्छ भने । यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन । मानिसहरुले धेरै किकिसका किर्याकलाप हरुमा पनि पैसा खेर फाल्छन् । जुवा-तास खेलेर पैसा नष्ट गर्ने र चलचित्र हेरेर अनावश्यक खर्चको खानेकुरा खाएर अथवा बिनाकामको परिकारहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुंदैनन् । यसै क्षणमा अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा-तास खेल्नु उचित हो भन्ने हुंदैन । रुपाय-पैसा खेर फाल्नु हुंदैन । भविष्यको खाँचोको निम्ति अधिक पैसा बचत गरिएको हुनुपर्दछ वा परमेश्वरको काम निम्ति दिनु पर्दछ जुवा खेलेर खेर फाल्नु हुंदैन ।

बाइबलमा जुवा-तासः बाइबलले स्पष्टसंग जुवा-तास नै भनेर उल्लेख गर्दैन यसले “भाग्य” वा “मौका” को खेल नै भनेर उल्लेख गर्दछ । जस्तै एउटा उदाहरण बलिको बोका र साँडेकोबीच चयन गर्न लेवीको पुस्तकमा हालिएको चिट्ठा हो । विभिन्न कुलहरु माझ जग्गा विभाजन गर्दा यहोशुले चिट्ठा हालेका थिए । नहेम्याहले पनि यरुश्लेमको पर्खाल भित्र कसले बसोबास गर्ने वा नगर्ने भन्ने विषयमा चिट्ठा हाले । प्रेरितहरुले पनि यहूदाको पदमा कसलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा चिट्ठा लगाएका थिए । हितोपदेश १६:३३ पदले भन्दछ “सबैमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।” बाइबलमा कही पनि जुवा वा । “मौका हेर्ने” कुरालाई रमाइलो को निम्ति एक ग्रहणयोग्य कुरा हेा भनी प्रस्तुत गरेका छैनन् ।

कसीनो र लटरीः कसीनो वा जुवाघरहरुले जुवा खेलाडीहरुलाई जति सक्दो पैसा जुवामा लगाउन सबै प्रकारका बजारीय चाल प्रयोग गरेर प्रलोभनमा पार्छन । तिनीहरुले प्रायः कम खर्चको वा विनामुल्यको रक्सी दिन्छन्, जसले मानिसहरुलाई मतवालापनको निम्ति प्रोत्साहित गर्दछ र त्यसपछि गलत निर्णयहरु गर्न क्षमता प्रदान गर्दछ । जुवा अड्डामा भएका हरेर कुराहरु धेरै संख्यामा रकम अशुल्नको निम्ति एकदमै प्रभावित पारिएका हुन्छन् र त्यसले बदलामा केहि पनि दिदैन, केवल क्षणिक र खोक्रो आनन्द मात्र । लटरी वा चिट्ठाले शिक्षा केाश वा सामाजिक कार्यकरमहरुको कोश संकलनको अभिनय गर्ने कोशिश गर्दछन् । यधपि अध्ययनहरुले देखाउँदछ कि चिट्ठामा सहभागी हुनेहरु प्रायः ति मानिसहरु नै हुन् जसले चिट्ठामा पैसा खर्च गर्न न्यूनतम मात्र दिन सक्छन् । “शीघ्र धनी हुने” प्रलोभन लाई रोक्नु निराशजनकहरुका निम्ति एक अतिठूलो परिक्षा हो । जित्ने मोका अत्यल्प हुन्छन् जसले धेरै मानिसहरुका जीवनलाई वर्वाद पार्दछ ।

किन लटरी वा चिट्ठाले परमेश्वरलाई प्रसन्न तुल्याउँदैनः धेरैले दाबी गर्दछन् कि हामी लटरी वा जुवा मण्डलीलाई सहयोग गर्न वा अरुनै असल उद्देश्यको निम्त खेल्छौं भनी । हो यो एउटा असल अभिप्राय हुन सक्छ तर वास्तविकता चाँहि थोरैले मात्र इश्वरीय उद्देश्यको निम्ति जुवा जित्ने काम गर्दछन् । अध्ययनले देखाउँदछ कि धेरै चिट्ठा विजेताहरु पहिले भन्दा बाजीको रकम जितिसके पछि आर्थिक स्थितिमा अझ नाजुक भएका हुन्छन् । थोरै मात्र असल कुराको निम्ति साँच्चै रकम दिन्छन् । परमेश्वरलाई उहाँको कामको निम्ति यस संसारमा यस किसिमको कोश संकलनको जरुरत पर्दैन । हितोपदेश १३:११ पदले भन्दछ, “बेईमानी सँग कमाइएको धन घट्दै जान्छ तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ ।” परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ र इमान्दार अभिप्रायहरु द्वारा मण्डलीहरुका खाँचोको प्रबन्ध गर्नुहुन्छ । के परमेश्वर लागू औषद बिचेर कमाएको धन द्वारा अथवा बैंकबाट लुटेको रकम द्वारा सम्मानित हुन सक्नुहुन्छ न त परमेश्वरलाई धन हुने प्रलोभनमा परेर गरीबहरुबाट चेारेको रकमको खाँचो छ न त्यसको चाहना नै गर्नुहुन्छ ।

१ तिमोथी ६:१० पदले भन्दछ “किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड् हो । पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरुका हृदय घोचेका छन् ।” हिबू १३:५ पदले घोषणा गर्दछ “तिमीहरुका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख । तिमीहरु संग भएका कुरामा सन्तुष्ट बस किनकि उहाँले भन्नुभएको छ “म तिमीहरुलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरुलाई त्याग्नेछैनँ ।” मत्ती ६:२४ पदले दाबी गर्दछ “कसैले दुइ मालिकको सेवा गर्न सक्दैन । किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ । अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ गन्नेछ । तिमीहरुले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ ।


प्रश्न: बाइबलले पारपाचुके र पुन-विवाहको सम्बन्धमा के भन्दछ ?

उत्तर:
सर्वप्रथमतः पापाचुकेको विषयमा कसैले कुनै पनि किसिमको सोच लिए तापनि केहि छैन महत्वपूर्ण चाँहि मलाकी २:१६ पद बाटको बाइबलीय बचनलाई याद गर्नु हो जहाँ लेखिएको छ , “सम्बन्धविच्छेदका कुरालाई म घृणा गर्दछु” परमप्रभु इस्ताएलका परमेश्वर भन्नुहुन्छू बाइबल अनुसार विवाह एक जीवनभरको समर्पणता होस् भन्ने परमेश्वरको योजना हो। “ती अब दुई जना एउटै शरीर हुनेछन् । ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन् । यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ त्यसलाई कुनै मानिसले नछुट्टयाआस् ” (मती १९:६)। परमेश्वरले बोध गर्नुहुन्छ तथापि एउटा विवाहमा दुई जना पापी मानिसहरु सम्लग्न हुने भएको कारण सम्बन्धविच्छेद हुने वाला नै थियो । पुरानो करारमा परमेश्वरले सम्बन्ध विच्छेदको अधिकारलाई रक्षा गर्न केहि व्यवस्थाहरु निमार्ण गर्नु भयो विशेषगरी स्त्रीको सम्बन्धमा व्यवस्था (२४१-४)। यी व्यवस्थाहरु मानिसहरुको हृदयको कठोरताले गर्दा नै दिएका थिए परमेश्वरको इच्छा भएको कारणले होइन भन्ने येशू बताउनुहुन्छ (मत्ती १९:८)।

बाईबल अनुसार पारपाचुके र पुन-विवाह छुट गरिएको छ कि छैन भन्ने बहस येशुले मत्ती ५:३२ र १९:९ पदमा भन्नु भएको वचनको वरिपरि मुख्यतः परिक्रमा गर्दछ । “व्यभिचारको कारणबाहेक”भन्ने वाक्याँस मात्र धर्मशास्त्रमा भएको कुरा हो जसले विवाहबिच्छेद र पुन-विवाहको निम्ति परमेश्वरको अनुमति प्रदान गर्दछ । धेरै दोभासेहरुले यो “अपवाद उपवाक्य” लाई “ विवाहो निम्ति वचनवद्ध हुने”समयावधिको बेला हुने “व्यभिचार” लाई नै संकेत गरिरहे झैं बुझ्दछ ।

यहुदी संस्कृतिमा एउटा पुरुष र स्त्री विवाहका निम्ति वचनवद्ध भएकै अवस्थामा उनीहरुलाई विवाहित कै रुपमा विचार गरिन्थ्यो । यो अवस्थामा भएको व्यभिचार वा अनैतिकता नै विवाह विच्छेद को एउटै मात्र मान्य कारण हुन्थ्यो ।

यधपि यूनानी शब्दमा उल्था गरिएको “वैवाहिक बैमानी” एउटा यस्तो शब्द हो जसले व्यभिचार अथवा यौन अनैतिकताकेा कुनै पनि रुपको अर्थ दिन्छ । यसको व्यभिचार वेश्यावृत्ति परस्त्रीगमन वा परपुरुषगमन आदिको अर्थ लाग्छ । शायद प्रभु येशुले व्यभिचार गरिएको खण्डमा वैवाहिक सम्वन्धविच्छेद गर्न मिल्छ भनी भनीरहेको हुन सक्छ । यौन सम्बन्ध वैवाहिक बन्धनको एउटा अंगभूत भाग हो जस्तै लेखिएको छ , “…… तिनीहरु एउटै शरीर हुन्छन् ।”( उत्पक्ति २:२४ मत्ती १९:५ एफिसी ५:३१) ।

यसकारण विवाह बाहिर हुने यौन सम्वन्धद्वारा विवाहो बन्धन तोडिने हुदां यसलाई सम्बन्धविच्छेदको निम्ति अनुज्ञेय कारण को रुपमा लिएको हुन सक्छ । यदि यस्तो हो भने यो खण्डमा येशूको सोचाइमा पुन विवाहको कुरा पनि छ ।“…अर्कासंग विवाह…” (मत्ती १९:९) भन्ने वाक्याँशले पारपाचुके र पुनविवाहलाई अपवाद उपवाक्यको एक दृष्टान्त वा उदाहरणमा अनुमति दिएका छन् भन्ने संकेत गर्दछ जसरी यसलाई उल्था गरेतापनि । निर्दोष पक्षलाई मात्र पुनविवाह गर्न अनुपति दिएको छ भन्ने कुरालाई ध्यान दिनु महत्वपूर्ण हुन्छ । यो खण्डमा उल्लेखित नभएतापनि सम्बन्धविच्छेद पश्चात जसको विरुद्ध पाप गरिएको छ उसकोवा उनीको निम्ति पुनविवाहको अनुमति परमेश्वरको कृपा हो तर यो व्यभिचार गर्नेको निम्ति चाँहि होइन । “देाषी पक्ष”लाई पुनविवाह गर्न अनुमति दिएको उदाहरणहरु हुन सक्छ - तर यस किसिमकेा धारणा चाँहि यस खण्डमा सिकाईको छैन ।

कसैले पुनविवाहलाई अनुमति दिने अर्को एउटा “अपवाद”को रुपमा १ कोरिन्थी ७:१५ पदलाई बुझ्दछ यदि अविश्वासीले विश्वासी पति वा पत्नीलाई पारपाचुके दिन्छ भने यधपि यस सन्दर्भले पुनविवाह नै भनेर उल्लेख गर्दैन तर यो मात्र भन्दछ कि यदि एउटा अविश्वासी पति वा पत्नीले छोड्न चाहन्छ भने एउटा विश्वासी पछि वा पत्नी कुनै बन्धनमा रहनेछैन् । अरुले दाबी गर्दछन् कि दुरुपयोग वा व्यभिचारी पति वा पत्नी नै पारपाचुके को निम्ति मान्य कारण हुन् यधपि यो यस्ते भनेर बाईबलले उल्लेख गर्दैन । यो धेरै राम्रो मामला हुन सक्ला तर परमेश्वरको वचनलकेा अनुचित फाइदा उठाउनु कहिले पनि बुद्धिमानी हुंदैन ।

अपवाद उपवाक्य माथिको बहसमा कहिलेकाँही हारेको तथ्य नै हो कि “वैवाहिक बैमानि वा व्यभिचार”को अर्थ जेसुकै भएतापनि यो एक सम्वन्धविच्छेदको निम्ति छुट हो यो सम्बन्धविच्छेदको निम्ति चाहिने कुरा चाँहि होइन । व्यभिचार नै गरेको भएतापनि एक दम्पत्तिले परमेश्वरको अनुग्रहद्वारा क्षमा दिन र तिनीहरुको विवाहलाई पुन निर्माण गर्न सक्छन् । परमेश्वरले पनि हामीलाई धेरै भन्दा धेरै क्षमा गर्नुभएको छ । निश्चय पनि हामीले उहाँको उदाहरणलाई पछ्याउन सक्छौं र व्यभिचारको पापलाई क्षमा पनि गर्न सक्छौं (एफिसी ४:३२)। यधपि एउटा पति वा पत्नीले पश्चताप नगरेर निरन्तर व्यभिचारमा नै लागिरहेका धेरै उदाहरणहरु छन् । त्यहाँ चाँहि मत्ती १९:९ पद प्रयोग भएको हुन सक्छ । धेरैले सम्बन्धविच्छेद पश्चात एकदमै छिटो फेरि विवाह गर्न पनि खोज्छन् जब कि परमेश्वरले तिनीहरुलाई विवाह नगरि बसेको चाहनु भएको हुन सक्छ । परमेश्वरले कहिलेकाँही कसैलाई एक्लो रहन बोलाउनु हुन्छ ताकि उसको मन दुइपट्टि नलागेको होस् (१ कोरिन्थी ७:३२-३५) । पुनविवाह कुनै कुनै परिस्थितिमा सम्बन्धविच्छेद पछि एउटा विकल्प हुन सक्छ तर यसको मतलब यो एउटै मात्र विकल्प हो भन्ने चाँहि होइन ।

विश्वास नगर्ने संसारको भन्दा आत्मघोसित विश्वासहिरुको माझ पारपाचुकेको डर पिडा दिने कुरा बनेको छ । बाईबलले यो प्रयाप्तरुपमा स्पष्ट पार्नु भएको छ कि परमेश्वरले सम्बन्धविच्छेदलाई घृणा गर्नुहुन्छ (मलाकी २:१६) र पुनमिलाप र क्षमा चाँहि विश्वासीहरुको जीवनको लक्ष्यहरु हुनु पर्दछ (लुका ११:४ एफिसी ४:३२) । परमेश्वरलाई उहाँका जनहरु माझ नै विवाहविच्छेद जस्ता घटनाहरु घट्ने छन् भन्ने थाहा हुन्छ । एउटा सम्बन्धविच्छेद भएको विश्वासी वा पुनविवाह गर्ने विश्वासीले परमेश्वरबाट थोरै प्रेम पाएको महशुश गर्नु हुंदैन तिनीहरुको विवाह विच्छेद वा पुनविवाह मत्ती १९:९ पदको ग्रहण गर्न सकिने अपवाद उपवाक्य अन्तगत यदि नआए तापनि । परमेश्वरले प्रायः विश्वासीहरुको पापपूर्ण अनाज्ञाकारितालाई पनि ठूलो भलाई गर्न प्रयोग गर्नुहुन्छ ।


प्रश्न: बाइबलले अन्त- जातीय विवाहको विषयमा के भन्छ ?

उत्तर:
पूरानो करारका व्यवस्थाले इस्राएलीहरुलाई अन्त- जातीय विवाहमा नलाग्नु भनेर आज्ञा गरेको थियो ( व्यवस्था ७:३-४ ) । यसको कारण तिनीहरु मुर्तिपूजकहरु र अन्यजातिहरुसंग अन्तर विवाह गरि परमेश्वरदेखी तर्की जान्छन् कि भन्ने थियो । एउटा यस्तै सिद्धान्त नयाँ करारमा राखिएको छ , तर अलिक भिन्दै तहमा “ अविश्वासीहरुसंग एउटै जुवामा ननारिओ किनकि धर्म र अर्धमको के साझेदारी हुन्छ । अथवा अध्यारोसंग उज्यालोको के सहभागिता (२ कोरिन्थी ६:१४ ) जस्तै इस्राएलीलाई ( एक सत्य परमेश्वरमा विश्वास गर्नेहरु ) लाई पनि अविश्वासीहरुसित विवाह नगर्नु भनिएको थियो विशेषरुपले यो प्रश्नको उत्तर दिनु बाइवलले अन्तर जातिय विवाह गलत हो भनि भन्दैन । एउटा व्यक्तिलाई उसको वा उसको चरित्रद्धारा न्याय गरिनु पर्छ , उसको रंग वा वर्ण होइन । जातिको आधारमा ख्रिष्ट्रियनहरुको जीवनमा पक्षपातको लागी कुनै स्थान छैन ( याकुब २ :१ -१० ) , पद १ र ९ लाई विशेष रुपमा हेर्नोस् एउटा इर्साई पुरुष वा स्त्रीको एउटा जीवन संगीनी रोज्ने स्तर चाँहि जहिले पनि तिनीहरुले चासो देखाएका सम्वन्धित व्यक्ति एक इर्साई हो वा होईन भनी पत्ता लगाउनु हो (२ कोरिन्थी ६ :१४ ) जो ख्रीष्ट येशूमा विश्वास गरि नयाँ गरी जन्मेको हुन्छ । ( यूहन्ना ३ :३- ५ ) । छालाको रंग नभएर ख्रीष्टमाथिको विश्वास नै एउटा संगीनीको चयन गर्ने बाइबलिय स्तर हुन , अन्तर जातियविवाह सहि वा गलत कुरा होइन तर वुद्धी विवेक र प्रार्थनाको कुरा हो ।

अन्त जातिय विवाह बारे होसियारी पूर्वक विचार गरिनु पर्ने एउटै कारण यो हो कि एक मिश्रति जातिको दाम्पतिले कठिनाईहरुको अनुभूति गर्न सक्ने सम्भावना हुन्छ । किनभने तिनीहरुलाई अरुले ग्रहण गर्ने कठिन हुन्छ । धेरै अन्तर जातिय दाम्पतिहरुले भेदभाव र उपहासको अनुभव गर्छन , कहिले काँही त आफ्नै परिवारहरुबाट पनि । कुनै कुनै अन्त जातिय दाम्पतिहरुले तिनीहरुका छोरा- छोरीहरुमा आमा वुवा तथा सहोदार भाइ र वहिनीहरुवाट हुने छालाहरुका विभिन्न रुपसंग हुदाँ अपठ्यारोको अनुभव गर्दछन् र एक अन्तस्जातिय दम्पतिले यस्ता कुराहरु विचार गरी त्यसको निम्ति आफैलाई तयार पारेर विवाह गर्नुपर्छ । फेरी पनी बाइबलले त्यो व्यक्तिलाई मात्र प्रतिवन्ध लगाउँछ जसले ख्रीष्टको शरीरको सदस्य नभएकोलाई विवाह गर्छ ।


प्रश्न: छोरी मान्छेहरु पास्टर वा प्रचारिक ? छोरी मान्छे सेवकाइमा हुने सम्वन्धमा बाईबलले के भन्दछ ?

उत्तर:
सायद होजोआज सेवकाइमा छोरी मान्छेहरु पास्टरहरु वा प्रचारीकाको रुपमा काम गर्ने विषय भन्दा धेरै मण्डलिमा बहसको विषय अरु छैन होला । एक परिणमको रुपमा यस विषयलाई लोग्ने मान्छे र छोरी मान्छे बीचको कुराको रुपमा नर्हेनु नै महत्वपुर्ण हुन्छ । त्याँहा त्यस्ता स्त्रीहरु प्नि छन् जसले छोरी मान्छेहरुले पास्टरको रुपमा सेवकाई गर्नु हुदैन र छोरी मान्छे सेवकाईमा हुने सम्वन्धमा वाइबलले मनाई गर्दछ भन्दछन् र त्यहाँ त्यस्ता छोरा मान्छेहरु पनि छन् जसले छोरामान्छेहरु पनि छन् जसले छोरीमान्छेहरुले पास्टर वा प्रचारकको रुपमा सेवाकाई गर्नुहुन्छ भनि विश्वास गर्दछन् र छोरी मान्छे सेवाकाईमा हुने सम्वन्धमा त्याहाँ कुनै रोक छैन ।

यो एक “ अन्ध देशभक्ति ” वा “ भेदभाव ” को विषय नभएर यो एक बवइबल उल्था गराइएको विषय हो । १ तिमोथी २ :११ -१२ पदहरुले घोषणा गर्दछन् कि “ स्त्रीले पुर्ण दीनतासाथ चुपचाप बसेर सिकुन । तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथी अधिकार जमाउने काममा म अनुमति दिन्नँ , तर तिनी चुपचाप रहुन् ” । मण्डलीमा परमेश्वरले स्त्री र पुरुष मान्छेहरुलाई भिन्न भिन्नै भुमिकाहरुका निम्ति निर्दिष्ट गर्नुहुन्छ । मानव जातीको सृष्टि गर्राई र संसारमा पाप गर्राईएको यो एक उपज हो (१ तिमोथी २: १३- १४) पावलको लेखाई अनुसार सत्रीले शिक्षा दिने काम र पुरुषमाथि अधिकार जमाउने काममा अनुमति दिनुहुन्न । यो स्त्रीहरुलाई प्रास्टरको रुपमा सेवाकाई गर्ने कुरा देखि रोक लगाउने बुरामा निश्चय पनि प्रचार गर्ने र पुरुषमाथि आत्मिक अधिकार जमाउने कुराहरु पनि समावेश हुन्छन् सत्रीहरु सेवकाई हुने सम्वन्धमा र पास्टर हुने सम्वन्धमा धेरै “विरोधहरु” छन् । एउटा आय कुरा चाँहि त्यो हो कि पावलले स्त्रीहरुले मण्डलिमा सिकाउने कुरालाई अनुमति दिदैन किनभने पहिलो शताब्दीमास्त्रीहरु ठेटरुपमा अशिक्षित थिए । यधपि १ तिमोथी २ :११- १४ पदहरुमा कहि पनि शिक्षाको अवस्थावारे उल्लेख छैन । यदि शिक्षा नै सेवकाईको योग्यता भए त धेरै जसो येशुका चेलाहरु ऋयोग्य ठहरिन्थे । एक दोस्रो आम विरुद्ध चाँहि पावलले एफिसीका मण्डलिमा स्त्रीहरुलाई मात्र सिकाउने कुरामा रोक लगाएका थिए (किनकि पहिलो तिमोथीको पत्र पावलले एफिसीको पास्टर तिमोथीलाई लेखेका थिए ) एफिसीको शहर एक झुटो ग्रीक वा रोमी देवि आर्तेमिसको मन्दिरको कारण प्रख्यात थिए । स्त्रीहरु आर्तेमिस देविको अधिकारी थिए । यधपि १ तिमोथीको पुस्तकले कहिपनि न त आर्तीमिस देवि न त्यसलाई गरिने अराधनालाई १ तिमोथी २: ११- १२ पदमा स्त्रीहरु माथि रोक लगाईएको कुराको कारणको रुपमा उल्लेख गरेको छैन । एक तेस्रो आम विरुद्ध चाँहि त्यो हो कि पावलले पति र पानिलाई मात्र संम्वोधन गर्दैछ साझारुपमा स्त्री र पुरुषलाई होइन् । खण्डमा भएको यूनानी शब्दहरुले पनि पति र पत्नीलाई संम्वोधन गर्दछन् , यधपि शब्दहरुका आधारभुत अर्थले स्त्री र पुरुषलाई नै संकेत गरेता पनि (यसको अतिरिक्ति ८ : १) पदहरुमा उही शब्दहरु प्रयोग गरेका छन् । के पतिहरुले मात्र हात उठाएर विनाक्रोध र विनाविवाद प्राथना गर्ने ( पद ८) - बे पत्निहरुले मात्र सरलतामा पहिरिने ,असल काम गर्ने र परमेश्वरलाई आराधना गर्ने (पदहरु ९ :१०) (नि:शब्देह होईन पद ८ १० ले पनि पति र पत्निहरु मात्र होइना सबै पुरुष र स्त्रीहरु भनी स्पष्ट सम्बोधन गर्दछन् । ११ १४ पदहरुमा पति र पत्नीहरुलाई एक वदलने कुरा सम्वन्धी संकेत जस्ता सदर्भ केहि पनि छैन ।

तापनि छोरी मान्छेहरु पास्टर हुने सम्वन्धमा अर्को बारम्बार भईरहने विरुद्ध चाँहि बाइबलमा अगुवापन वा पदहरु संमाहल्ने स्त्रीहरुको सम्वन्धमा हो ,विशेषरुपमा, पुरानो करारका मिरियम, देबोराहलदह र नयाँ करारमा प्रिस्किला, किबी । यो विरुद्ध केहि महत्वपुर्ण कारकहरु नोट गर्ने कुरामा चुक्दछ । देबोराको सम्वन्धमा तिनी १३ जना पुरुष न्यायकर्ताहरु मध्यका एक मात्र स्त्री न्यायकर्ता थिईन् । हलदाहको सम्वन्धमा तिनी बाइबलमा उल्लेखित दर्जनौ प’शरुष अगमवक्तहरु मध्येका एक मात्र महिला अगमबादिनी थिइन् । मिरियमको अगुवापन संगको सम्वन्ध मोशा र हारुनको वहिनी भएको कारणले मात्र थियो । धार्मिक महिला अगुवापनको अलिकति उदाशरण चाँहि राजाहरुका समयमा भएका अत्तालिया र इजेबेल जस्ता अलि विशिष्ट महिलाहरु हुन् अलि महत्वपुर्ण महिला अधिकारीहरु पुरानो करारमा भएतापनि त्यो विषयसंग प्रासंगिक छैन । पहिलो तिमोथीको पुस्तक र अन्य पास्टरीय पत्रहरुले ख्रीष्टको शरीर मण्डलिको निमित एक नयाँ आयमको प्रस्तुत गर्दछ र त्यस आयाममा मण्डलीको लागि अधिकार संरचनाको आवश्यक हुन्छ , इस्राएली जाती वा कुनै अन्य पुरानो करारमा सत्ताहरुका लागि होइनन् । प्रेरितको पुस्तकको १८ अध्ययमा , प्रिरिकला र अकिलासलाई ख्रीष्टको विश्वासयोग्य सेवक सेविकाको रुपमा प्रस्तुत गरेका छन् । प्रिरिकलाको नाम पहिले उल्लेख गरेको छ यसले तिनकी श्रीमान् भन्दा तिनी सेवकाइमा धेरै “नामी” थिईन भन्ने जस्तै देखाउँछ । यधपि प्रिरिकला सेवकाई क्रियाकलापमा सहभागी भएको कुराले १ तिमोथी २ ११ १४ पदहरुमा लेखेका कुराहरुको परस्परविरोध गरेको कुराहरु कहिले पनि वर्णन गरेको छैनन् प्रिरिकला र अकिलासले अपोलसलाई आफ्ना घरमा ल्याएर परमेश्वरको वचन ठिकसंग सिकाएर व्याख्या गरिदिए (प्रेरित १८ २६ ) ।

रोमी १६ १ पदमा ,यदि फिविलाई एक र “धर्म सेविका” को सट्टा एक “डिकनिस” भनी विचार गरिएको भएपनि त्यसले फिवीलाई मण्डलिमा एक शिक्षिका भनी देखाउदैन । “ सिकाउन सक्ने” एल्डरमा हुनु पर्ने एउटा योग्यता हो ।तर डिकनको होइन (१ तिमोथी ३ :१ -१३ ,तितस १ : ६- ९ ) एल्डरविशप । डिकनहरुलाई “एउटै मात्र पतनीको पति” “जसमा छोरा छोरीहरु विश्वास गर्नेहरु होस्” र “आदरको योग्य” हुनुपर्छ भनि वर्णन गरिएका छन् ।स्पष्ट संकेत चाँहि त्यो हो कि यी योग्यताहरुले छोरा मान्छेहरुलाई नै सम्बोधन गर्दछन् । यसको अतिरिक्ति १ तिमोथी ३:१-१३ र तितस १: ६- ९ पदहरुमा,एल्डर ,विशप, डिकनहरुलाई सम्बोधन गर्न एकान्तिकरुपमा पुलिंग उचारणहरुलाई प्रयोग गरेका छन् ।

१ तिमोथी २: ११ -१४ पदहरुका बनावटले “ कारण” लाई सिद्धरुपमा स्पष्ट पार्दछ । १३ पद “किनकि” भनेर सुरु हुन्छ र पावलले ११ १२ पदहरुका के भन्ने कुराको “कारण” दिन्छ । किन महिलाहरुले सिकाउन वा पुरुषहरु माथि अधिकार जमाउनु हुदैन - किनभने “आदम नै पहिलो सृजिएका हुन् , त्यसपछि हव्वा, आदम छलिएका होईनन् ,तर स्त्री चाँहि छलिएर अपराधमा फसेको हुन् ।” कारण यहि नै हो परमेश्वरले पहिला आदकलाई सृष्टि गर्नुभयो र त्यसपछि आदमको एक सहयोगी हुन हव्वालाई सृष्टि गर्नुभयो । यो सृष्टिको ब्यवस्था परिवारमा (एफिसी ५: २२- ३३ ) र मण्डलिमा विश्वयापी रुपमा लागु भएको छ । तथ्य चाँहि हव्वा छलिएर अपराधमा फसेको कुरालाई नै स्त्रीहरुले पास्टरको रुपमा सेवा गनुस् र पुरुषमाथि अधिकार जमाउनु हुदैन भन्ने कुरा लाई पनि एउटा कारणको रुपमा दिएको छ । यसैले कसैद्धारा स्त्रीहरु सजिलै टलिन संम्भाव हुन्छन् । त्यसकारण तिनीहरुले सिकाउनु हुदैन भन्ने कुरामा विश्वास गर्न तर्फ डोर्याउदछ । यो धारणा विवादयोग्य छ ,तर यदि स्त्रीहरु धेरै सजिलो रुपमा छलिन्छन् भने किन तिनीहरुलाई नानीहरुलाई सिकाउने कुरामा अनुमति दिएको त -जोहरु सजिलै छलिन्छ ) र अन्य स्त्रीहरु (जोहरु सजिलै छलिने गर्दछन ) ( खण्डले भनेको त्यो होईन ) स्त्रीहरुले पुरुषहरुलाई सिकाउनु हुदैनवा पुरुष माथि आत्मिक अधिकार जमाउनु हुदैन, किनभने हव्वा छलिएका हुन् । एक परिणामको रुपमा परमेश्वरले पुरुषलाई मण्डलिमा शिक्षा दिने पहिलो अधिकार दिएको छ - स्त्रीहरु ऋतिथि सत्कार गर्ने, कृपा गर्ने ,शिक्षा दिने , सहयोग गर्ने जस्ता वरदानहरुमा अरु भन्दा राम्रो हुन्छन् । मण्डलिका धेरै सेवकाईहरु स्त्रीहरुमा भर पर्ने गर्छ ।स्त्रीहरुलाई मण्डलिमा र्सार्वजनिक प्राथना गर्राई र अगमवाणी गर्राईमा मनाहि गरिदैन्न् । (१ कोरिन्थी ११ :५ ) केवल पुरुषहरु माथि आत्मिक अधिकार जमाउने कुरामा मात्र । बाइबलले कहि पनि स्त्रीहरुले पवित्र आत्माका वरदानहरु प्रयोग गर्ने सम्वन्धामा पनि मनाहि गरेको छैन (१ कोरिन्थी १२ ) आत्माका फलहरु प्रदशन गर्न र अरुलाई सेवा गर्न पुरुषलाई झै नै स्त्रीहरुलाई बोलाईएका छन् ( गलाती ५: २२- २३ ) र हराएकाहरुलाई सुसमाचार सुनाउन पनि बोलाएका छन् ( मत्ती २८ :१८- २० ,प्रेरित १ ८ , १ पत्रुस ३ १५ )

परमेश्वरले मण्डलिमा पुरुषहरुलाई मात्र आत्मिक शिक्षा दिने अधिकारको पदमा नियूक्ति गर्नु भएको छ । यो पुरुषहरु अनिवार्य रुपले असल शिक्षकहरु भएका कारणलले वा स्त्रीहरु चाँहि तुच्छ वा कम वुद्धीमान भएको कारणले होईन ( यो त्यो मामला होईन ) परमेश्वरले मण्डलिलाई काम गर्नलाई योजना बनाउनु भएको केवल एउटा तरिका हो । पुरुषहरु चाँहि आत्मिक अगुवापनको उद्धाहरण राख्नलाई हुन जुन कुरा तिनीहरुको जीवनमा र तिनीहरुका वचनहरुमा राखिनु पर्छ । स्त्रीहरु चाँहि अलिक कम अधिकार युक्ति भुमिका लिनलाई हुन । स्त्रीहरुलाई अन्य स्त्रीहरुलाई सिकाउन उत्साह दिन्छन् ( तितस २: ३- ५ ) । बाइबलले पनि स्त्रीहरुलाई नानीहरुलाई शिक्षा दिने सम्वन्धमा रोक लगाउदैन । केवल स्त्रीहरुले पुरुषहरुलाई सिकाउने र आत्मिक अधिकार गर्ने सम्वन्धमा मनाहि गर्दछ । यसक्रमवद्धरुपमा महिलाहरुले एक पास्टर वा प्रचारकको रुपमा काम गर्ने विषयलाई पनि जोर्डदछ । कुनै पनि अर्थमा यसको तार्त्पर्य यो हुदैन कि स्त्रीहरु कम महत्वका हुन्छन् तर अझ परमेश्वरले तिनीहरुलाई कसरी वरदान दिनुभएको छ, त्यो सहितको सक्झौतामा धेरै केन्द्रीत भएको सेवकाई दिनुहुन्छ ।


प्रश्न: के पशु पंक्षीहरु र्स्वर्ग जान्छन् ? के पशु पंक्षीहरुका आत्मा हुन्छ ?

उत्तर:
पशु पंक्षीहरुका आत्मा हुन्छ वा हुदैन वा पशु पंक्षीहरु र्स्वर्ग जानेछ भन्ने कुरामा बाइबलले कुनै विशेष शिक्षा दिदैन । यधपि , हामीले केही सामान्य धर्मशास्त्रीमा सिद्धान्तहरु लिएर यस विषय माथी प्रकाश पार्न सक्छौ । बाइबलले बताउँछ कि मानिस ( उत्पति २: ७ ) र पशु ( उत्पति १ :३०- ६: १७ -७: १५- २२ ) दुबैमा जीवनको सास छ । मानिस र पशु बीचको पहिलो भिन्नता भनेको नै मानिस परमेश्वरको स्वरुप र प्रतिरुपमा सृष्टि भएको छ (उत्पति १ :२६ -२७ ) । पशुहरु परमेश्वरको स्वरुप तथा प्रतिरुपमा सृष्टि भएका छैनन् । परमेश्वरको स्वरुप तथा प्रतिरुपमा सृष्टि भएका भन्नुको अर्थ चाँहि मानिस परमेश्वर जस्तै आत्मिक ,क्षमता, भावना, मन र इच्छा शक्ति भएका र मृत्यू पछि पनि यो रुप निरन्तर रहिरहने किसिम वा अमुर्त रुप भए पनि त्यो पक्कै भिन्नै र कमसल किसिमका हुन्छन् यो भिन्नता सम्भवत यस कारणले छ कि पशु पंक्षीहरुका आत्मा मृत्यू पछि जारी रहदैन । यो प्रश्नमा विचार गनुपर्ने अर्को कारण त्यो कि परमेश्वरले पशु पंक्षीहरुलाई उत्पतिमा उँहाको सृजनात्मक प्रकियाको एक अंशको रुपमा सृष्टि गर्नुभयो ।

परमेश्वरले पशु पंक्षीहरु बनाउनु भयो र तिनिहरु ऋसल थिए ( उत्पति १ १५ ) यसकारण नयाँ पृथ्वीमा किन पशु पंक्षीहरु हुन सक्दैन भन्ने कुराको कारण त्याँहा छैन ( प्रकाश २१: १ ) । एक हजार वर्षो राज्यको अवधिमा चाँहि निश्चय पनि पशु पंक्षीहरु हुनेछन् ( यशैया ११ :६ ,६५: २५ ) के यी मध्येका केहि पशुहरु हामी पृथ्वीमा हुदा भएका पशुहरु हुन सक्छ वा सक्दैन भन्ने कुरा निश्चित भएर भन्न असम्भव छ । यो जे भए पनि हामीलाई थाहा छ कि परमेश्वर हामी आफैलाई उँहाको निर्णय सहितको पुर्ण सहमतिमा पाउनेछौ र्स्वर्गमा हुन्छौ ।


प्रश्न: बाईबलले शरीरको छालामा खोपेको चित्र वा शरीरको खोपाइको विषयमा के भन्छ ?

उत्तर:
पुरानो करारको व्यवस्थाले इस्राएलीहरुलाई आज्ञा गरेका थिए , मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनु । अनि आफ्नो शरीरमा कुनै किसीमको छाप नबनाउनु । म परमप्रभु हुँ (लेवी १९ :२८ ) यसकारण विश्वासीहरु आज पुरानो करारको व्यवस्थाको अधिनमा नभएतापनि ( रोमी १०: ४ , गलाती ३: २३- २५ , एफिसी २: १५ ) त्याँहा शरीरमा छाप बनाउने सम्वन्धको विरुद्धमा एउटा आज्ञा भएको तथ्य हुँदा हामीमा प्रश्न आउनपर्छ । नया करारले चाँहि विश्वासीहरुलाई शरीरमा छाप बनाउनु हुन्छ वा हुदैन भनी केही पनि भन्दैन । शरीरमा छाप बनाउने र खोप्ने सम्वन्धमा एक राम्रो परिक्षण गर्नु चाँहि हामीले इमान्दारसंग असल विवेकमा परमेश्वरलाई आशिष मागी , उँहाको आफ्नै असल अभ्रि्रायको निम्ति यी विशेष क्रियाकलापहरु प्रयोग गर्न सक्छौ कि भनी निश्चय गर्नु हो । “ यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ , वा तिमीहरु जे सुकै गर परमेश्वरको महिमाको निम्ति गर ।” (१ कोरिन्थी १० :३१ ) नयाँ करारले शरीरमा छाप बनाउने अथवा खोप्नेको विरुद्धमा केहि पनि भन्दैन तर यसले परमेश्वरमा विश्वास गर्न शरीरमा छाप बनाउनु वा खोप्नु पर्छ भन्ने कुनै कारण पनि दिदैन ।

विचार गर्नुपने अर्को विषय हो सरलता । बाइबलले हामी सरलता साथ पहिरुन भनि सल्लाह दिदछ ( १ तिमोथी २:९ ) सरलरुपको पहिरनको एक रुप चाँहि पहिरनद्धारा प्रयाप्त रुपले ढाकिएका हरेक कुरा ढाकिएको हुनपर्छ भनी निश्चय गर्नु हो । यधपि सरलताको मुख्य अर्थ चाँहि आफैतिर ध्यान खिच्नु भनेको होईन । शरीरमा छाप बनाउने वा खोप्ने कुराले शरीरतिर ध्यान अवश्य नै खिच्दछ यो सोचाइमा भन्नुपर्दा शरीरमा छाप बनाउने वा खोप्ने काम सरलता होइनन् ।

बाइबलले सम्बोधन नगरेका विषयहरुबारे एउटा मुख्य बाइबलिय सिद्धान्त भनेको यो कार्यले परमेश्वर प्रसन्न बन्नु हुन्छ होला भन्ने यदि कुनै शंकाले स्थान पाउछ भने त्यसमा नलाग्नु वेश हुन्छ । रोमी १४: २३ पदले हामीलाई याद गराउछ कि विश्वासवाट उत्पन्न नभएका कुनै पनि थोक पाप हो । हामीले यो संझनु आवश्यक छ कि हाम्रो शरीर लगायत हाम्रो प्राणको उद्धार भएको छ र त्यो परमेश्वरको हो । ( १ कोरिन्थी ६ :१९- २) पदहरुले शरीरमा बनाउने छाप वा चित्र के विषयमा प्रत्यक्ष लागु नभए तापनि , यसले एउटा शिक्षा दिदँछ तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो जुन पवित्र आत्मा तिमीहरुल परमेश्वरवाट पाएका छौ । र उँहा तिमीहरुभित्र वास गर्नु हुन्छ भन्ने के तिमीहरुलाई थाँहा छैन - तिमीहरु स्वयम आफ्नै होइनौ । हामीहरु मोल तिरेर किनीएका हौ । यसकारण तिमीहरुका हरीरमा परमेश्वरको महिमा गर । “ हाम्रो शरीरसंग हामी जहाँ जान्छौ र जे गर्र्छौ , त्यसमा यो महान सत्यताको एक साँचो आचरण वा सम्वन्ध हुनुपर्छ । यदि हाम्रो शरीर परमेश्वरको हो भने हामीले यो शरीरलाई टटु खोपेको चित्र वा छापहरुले सृंगार गर्नु भन्दा अघि हामीमा परमेश्वरको स्पष्ट “अनुमति” छ भन्ने सम्वन्धमा निश्चित हुनुपर्छ ।


प्रश्न: कयीनको श्रीमती को थिइन ? के कयीनको श्रीमती उसको आफ्नै बहिनी थिइन ?

उत्तर:
कयीनको श्रीमती को थिइन भनेर बाइबलले विशेष रुपमा भनेको छैन । सम्भवित उत्तर चाँहि यी हुन सक्छ कि कयीनको श्रीमती उसका बहिनी वा भतिजी वा भान्जी वा फुपु इत्यादि थियो । बाइबलले यो पनि बताउदैन कि जव कयीनले हाविललाई मारे त्यति बेला उ कति उमेरको थियो ( उत्पति ४ :८) तिनीहरु दुबै किसान भएका कारण तिनीहरु दुबै पुर्णरुपले हर्ुर्केका वयस्कहरु हुनसक्छन् । आ - आफ्नै परिवारहरु भएका हुन सक्छन् हाविल मारिएको समयमा आदम र हठवाका , कयीन र हाविल बाहेक अन्य धेरै छोरा - छोरीहरु निश्चय पनि थिए र त्यसपछि पनि तिनीहरुको अन्य धेरै सन्तानहरु निश्चय पनि भए ( उत्पति ५ :४ ) कयीनले हाविललाई मारे पनि तिनी आफ्नै जीवनप्रति चिन्तित हुनुको तथ्यले के देखाँउछ भने (उत्पति ४ १४ ) त्यस समय त्याँहा आदम र हठवाका अन्य धेरै छोरा - छोरीहरु र सायद नाती - नातिनाहरु वा पनातिहरु थिए । कयीनको श्रीमती ( उत्पति ४: १७ ) आदम र हठवाको छोरा वा नाती थिए ।

आदम र हठवा पहिलो र एक मात्र मानिस भएको हुनाले पनि तिनीहरुले सन्तानलाई आन्रिक विवाह भन्दा अर्को विकल्प थिएन । जबसम्म अन्तर विवाहको जरुरत पर्नेसम्म गरी मानिसहरु प्रशस्त भएनन् तवसम्म परमेश्वरले आन्तरिक पारीवारिक विवाहमा रोक लगाउनु भएन (लेवी १८: ६- १८ ) हाडनाताकरणीका कारण प्राय छोरा - छोरीहरुमा हुने अनुवंशीक असामान्यताहरुमा परिणाम भ्याउँछ त्यो हो जब एउटै वंशका दुई व्यक्तिहरुको (दाजु - वहिनी ) बीच सन्तान हुन्छ । अनुवंशीक तु्रटिहरु एकदमै परिणाममा आउने सम्भव हुन्छन् । किनकि दुबै आमा - वुवामा एउटै अनुवंशीक त्रुटीहरु भएकोले जब भिन्न - भिन्नै परिवारका मानिसहरु बीच छोरा छोरी हुन्छन् तब अनुवंशीक त्रुटीहरु आमा - वुवामा हुनेछ भन्नुको यो सम्भव हुन्छ । सताब्दीऔ देखि जसै अनुवंशीक नियमावली बढ्दो रुपमा “ भ्रष्टपारिएको ” अवस्थामा हुन आए । आदम र हठवामा कुनै अनुवंशीक त्रुटीहरु थिएनन् जसको कारण त्यस तिनीहरुलाई सामर्थी बनाए र अहिले हामीमा भएको भन्दा धेरै स्तरीय ति पहिलाका थोरै पूस्ताहरुका सन्तानहरुमा थिए । आदम र हठवाका छोरा -छोरीहरुमा थोरै अनुवंशीक त्रुटीहरु थिए ।जसको फलस्वरुप तिनीहरु अन्तर विवाहको लागी सुरक्षित थिए । कयीनको श्रीमती उसको आफ्नै बहिनी थियो भनी सोच्नु पनि घिनलाग्दो हुनसक्छ र अनौठो देखिन सक्छ । उत्पतिमा परमेश्वरले एउटै पुरुष र स्त्रीवाट शुरु गर्नु भएको कारण दोस्रो पुस्तासंग तिनीहरु आपसमा नै आन्तरिक विवाह गर्नुको सट्टा अर्को विकल्प थिएन ।


प्रश्न: बाइबलले समलिङ्गी पापको विषयमा के भन्दछ ?

उत्तर:
बाइबलले स्पष्ट बताउँदछ कि समलिङ्गी क्रियाकलाप एक पाप हो (उत्पक्ति १९: १-१३, लेवी १८:२२, रोमी १:२६-२७, १ कोरिन्थी ६:९) । रोमी १ २६-२७ सम्मका पदहरुले सिकाउँदछ कि समलिङ्गी क्रियाकलाप चाँहि परमेश्वरलाई इन्कार गर्राई र परमेश्वरको आज्ञा उलङघन गर्राईको परिणाम हो । जब एउटा व्यक्तिले निरन्तर पाप गरिरहन्छ र अविश्वासमा हिडिरहन्छ भने, बाइबलले हामीलाई बताउँदछ कि, परमेश्वरबाटको अलगताको जीवनको र्व्यर्थता र निराशाता तिनीहरुलाई देखाउँन परमेश्वरले तिनीहरुलाई अझ दुष्टतामा र भ्रष्ट पापको अवस्थामा "त्यगिदिनुहुन्छ" । १ कोरिन्थी ६:९ पदले घोषणा गर्दछ कि, समलिङ्गी "बाँधकहरु" परमेश्वरको राज्यको हकदार हुनेछैनन् ।

परमेश्वरले एउटा व्यक्तिलाई समलिङ्गी विचार वा इच्छाहरु भएको बनाउनु हुन्न । बाइबलले हामीलाई बताउदँछ कि एउटा व्यक्ति पापको कारणले समलिङ्गी बन्दछ (रोमी १:२४-२७), र अन्तमा तिनीहरुका आफ़्नै रोजाईबाट बन्दछन् । एउटा व्यक्ति एक अतिनै समलिङ्गी भावुकताको साथ जन्मेको हुनसक्छ, जस्तै कुनै व्यक्तिहरु हिंसा र अन्य पापको एक प्रवृतिका साथ जन्मेका हुन्छन् । त्यसले त्यो व्यक्तिलाई आफैलाई पापको लालशामा सुम्पेर पाप गर्ने चयन गर्राईमा कुनै बहाना गर्न दिदैन । यदि एउटा व्यक्तिको अति नै रीस वा क्रोधको भावनाको साथ जन्म भएको छ, के यसले त्यो व्यक्तिलाई ति इच्छा वा भावना प्रति आफैलाई सुम्पनु भन्ने हुन्छ ? निःशन्देह होइन ! त्यसतै समलिङ्गीहरुको निम्ति पनि ।

यद्यपि, बाइबलले समलिङ्गी पापलाई अन्य कुनै पापहरु भन्दा ठूलो हो भनेर व्याख्या गर्दैन, सबै पापले परमेश्वरलाई अप्रसन्न तुल्याउदछ । समलिङ्गीहरु (१ कोरिन्थी ६:९-१०) पदहरुमा भएका धेरै पापहरुका सुची भित्र पर्ने एउटा पाप हो, जोहरु परमेश्वरको राज्यको हकदार हुनेछैनन् । बाइबल अनुसार परमेश्वरको क्षमा जसरी व्यभिचारीहरु, मूर्तिपूजकहरु, हत्याराहरु, चोरहरु, आदिहरुलाई सुलभ भए जस्तै समलिङ्गीहरुका निम्ति पनि उपलब्ध छ । परमेश्वरले ख्रीष्टमा आ- आफ़्नो मुक्तिको लागि विश्वास गर्नेहरुलाई सिमलिङ्गी सम्बन्धी पाप र अन्य पापहरुमाथि विजय हुने सामार्थको बारेमा पनि प्रतिज्ञा गर्नुहुन्छ (१ कोरिन्थी ६:११, २ कोरिन्थी ५ :१७)।


प्रश्न: हस्तमैथु के यो बाइबल अनुसार पाप हो ?

उत्तर:
बाइबलले कहिले पनि विशेषरुपमा हस्तमैथुन नै भनेर उल्लेख गरेको छैन अथवा हस्तमैथुन एक पाप हो भनी स्पष्ट भनेको छैन । यधपि हस्तमैथुनतिर डोहोर्याउने कार्यहरु चाँहि पापमय छ भन्ने कुरामा कुनै प्रश्न छैन । हस्तमैथुन चाँहि अभिलाषापुर्ण सोचाईहरु यौवन उत्तेजना र अश्लील तस्वीरहरुका परिणाम हो । यो ति समस्याहरु हुन जससंग व्यवहार गरिनु जरुरत छ । यदि अभिलाषाका पापहरु र अश्लील कुराहरुलाई त्याग्छौ र त्यसमाथि बिजय बन्छौ भने हस्तमैथुनको समस्या कुनै समस्याको रुपमा रहने छैन ।

बाइबलले हामीलाई व्यभिचार र सारा अशुद्धताको नाऊँ समेत बलिनु भनेर बताउँछ (एफिसि ५: ३ ) कसरी हस्तमैथुन गर्राईले त्यो विशेष परिक्षणलाई पाप गर्नसक्छ भन्ने देख्न यो गाह्रो छ । कहिले काहि कुनैथोक पाप हो वा होईन भन्ने कुराको एक राम्रो परिक्षण तपाईले जे गर्नु भएको थियो त्यो अरुलाई भन्न गौरव लाग्ने हुन्छ । यदि यो कुनै यस्तो थोक हो जसलाई यदि कसैले थाहा पाए लाज हुन्थ्यो भन्ने हुन्छ भने त्यो पाप हो भन्ने कुरा एकदमै संम्भावित छ । अर्को राम्रो परिक्षण चाँहि हामीले इमान्दार रुपमा र असल उदेश्यहरुको निम्ति प्रयोग गर्न र परमेश्वरलाई आषिस माग्न सक्छौ कि भनी निश्चय गर्नु हो । हस्तमैथुनले हामीलाई कुनै कुरामा गौरव गर्न योग्य तुल्याउदैन वा परमेश्वर प्रति साँचोरुपमा धन्यवादी पनि बनाउदैन ।

बाइबलले हामीलाई सिकाउँछ कि “ यसकारण चाहे तिमीहरुखाओ अथवा पियो वा तिमीहरु जे सुकै गर , सबै परमेश्वरको महिमाको निम्ति गर” ( १ कोरिन्थी १०: ३१ ) यदि कुनै कुराल परमेश्वरलाई खुसी पार्ला त भन्ने कुनै शंका आउँछ भने यो गर्न छोडिदिनु नै असल हुन्छ । हस्तमैथुनको सम्बन्धमा निश्चय पनि त्याहा शंका उत्पन्न हुन्छ । “ विश्वासवाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो ” ( रोमी १४ :२३ ) । यो बुझ्न कठिन छ कि कसरी हस्तमैथुनलाई परमेश्वरको महिमा गर्राईएको रुपमा विचार गर्न सक्यो होला । प्राणको उद्धार भएको छ र यो परमेश्वरको हो भन्ने कुरा हामीले संम्भिन आवश्यक छ । “तिमीहरुको शरीर पवित्र आतमाको मन्दिर हो, जुन पवित्र आतमा तिमीहरुले परमेश्वरवाट पाएका छौ , र उँहा तिमीहरुभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन ? तिमीहरु स्वयम आफ्नै होईनौ । तिमीहरु मोल तिरेर किनिएको हौ । यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर ” ( १ कोरिन्थी ६: १९ -२० ) । हामी हाम्रो शरीरसित जहाँ जान्छौ र जे गछौ त्यसमा यो महान सत्यताको एक वास्तविक दिहाकोण हु्नुपर्छ । यसकारण यो सिद्धान्तहरुको प्रकाशमा हामी यो निष्कर्षनिकाल्न सँछौ कि हस्तमैथुन बाइबल अनुसार एक पाप हो । स्पष्टरुपमा हस्तमैथुनले परमेश्वरलाई प्रशनन पदैन । यो अनैतिकताको लक्षणहरुवाट टाढा रहदैन न त यसले हाम्रो शरीरमाथी परमेश्वरको स्वातित्व छ भन्ने कुराको जाँचलाई पार गर्छ ।