मन्दिर गइरहेको बेलाको भजन।
1परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
जसले रातभरि मन्दिरमा सेवा गरे।
2दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
र परमप्रभुलाई धन्य हौ भन।
3परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।