1परमेश्वर ईश्वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ । 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्टको पक्षलाई कृपा गर्छौ? सेला 3गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर । 4गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्टहरूका हातबाट छुट्टाओ । 5तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् । 6मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्चका छोराहरू हौ । 7तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्ये एक जनाझैं ढल्नेछौ ।” 8हे परमेश्वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।