1परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
2परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
3नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
4खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
5झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
6प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर!