23
साराको मृत्यु 
 1 सारा एक सय सत्ताईस वर्षसम्म बाँचिन्।  2 अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।  3 त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए।  4 उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाडनुको निम्ति कही जग्गा छैन, म अलिकति जग्गा चाहन्छु म त्यो लाश गाडन सकूँ।” 
 5 ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए,  6 “महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाडन यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।” 
 7 अब्राहाम उठे अनि मानिसहरूको सामुन्ने शिर निहुराए।  8 तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्।  9 उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।” 
 10 एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो।  11 “होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।” 
 12 तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए।  13 ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।” 
 14 एप्रोनले अब्राहामलाई उत्तर दियो,  15 “हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।” 
 16 अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए। 
 17-18 यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे।  19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे।  20 अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कान्नी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।