12
परमेश्वरप्रति स्तुति-गान 
 1 त्यस बेला, तिमीहरू भन्नेछौः 
“हे परमप्रभु म तपाईंको महिमा गाउँछु! 
तपाईं मसित रिसाउनु भएको थियो। 
तर अहिले तपाईंको रिस साम्य भएकोछ 
अनि मलाई आफ्नो माया देखाउनु भएकोछ। 
 2 परमेश्वरले मलाई बचाउनु हुन्छ। 
म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्। 
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। 
उहाँले मलाई बचाउनु हुन्छ, अनि म उहाँको महिमाको गुणगान गर्नेछु।” 
 3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। 
तब तिमीहरू आनन्दित हुनेछौ। 
 4 त्यसपछि तिमीहरू भन्नेछौ, 
“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! 
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! 
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।” 
 5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। 
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! 
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। 
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्। 
 6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! 
इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। 
त्यसैले आनन्दित हौऊ!