5
 1 अब तिमी पर्खालले घेरियौ! 
हामी घेरामा पर्यौं। 
तिमीहरुले इस्रएलको न्यायकर्तालाई 
फलामको लौरोले गालामा हिर्काउँनेछन्। 
मसीह बेतलेहममा जन्मनेछन्। 
 2 तर हे बेतलेहम एप्रात, 
तिमी यहूदाका बीचमा धेरै सानो छौ, 
तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, 
तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। 
उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, 
धेरै-धेरै अघि देखि। 
 3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन, 
तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। 
तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि 
इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्। 
 4 अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले 
अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाँउँछ। 
तिनीहरु सुरक्षित हुनेछन् 
किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ। 
 5 यहीं शान्ति हुनेछ 
जब अश्शूरी हाम्रो देशमा आउँछ 
र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ 
तब हामी त्यसको बिरूद्धमा सात गोठाला 
र आठ अगुवाहरु खडा गर्नेछौं। 
 6 अनि तिनीहरुले अश्शूरमाथि तरवारले 
र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। 
अब अश्शूरीहरु हाम्रो देश भित्र पस्छन् र हाम्रो सिमानामा पाईला टेक्छन् 
तब उहाँले हामीहरुलाई अश्शूरीहरुको हातबाट बचाउँनुहुनेछ। 
 7 अनि याकूबका बाँकि रहेकाहरु चाँहि 
धेरै मानिसहरुका बिचमा परमप्रभुबाट आएको शीत 
र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, 
जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खनेछ। 
 8 अनि याकूबका बाँकि रहेकाहरु चाँहि 
धेरै जनताको बीचमा 
जङ्गलका पशुहरुका बीचमा सिंह 
र जीव-जन्तुहरुको बिच 
सिंहको बच्चा जस्तै हुनेछन् 
जो तिनका बीचमा कुल्चँदै 
र तिनीहरुलाई 
टुक्रा पार्दै जानेछन्, 
र बचाउँने कोही पनि हुनेछैन। 
 9 तपाईंका बाहुली तपाईंका बिरोधीहरुमाथि रहोस्, 
र तपाईंका सबै शत्रुहरु ध्वंश हुनेछन्। 
मानिसहरुले परमेश्वरमाथि भरोसा गर्नेछन् 
 10 परमप्रभु भन्नुहुन्छ, 
“त्यसदिन म तिम्रा घोडाहरु खोस्नेछु 
र म तिम्रा रथहरु नष्ट गरिदिनेछु। 
 11 म तिम्रो देशको सबै शहरहरु उजाड पारिदिनेछु। 
म तिम्रो सबै गढीहरु भत्काई दिनेछु। 
 12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, 
फेरि तिमी ती मानिसहरुको भविष्य बताउँने प्रयास गर्नेछौनौ। 
 13 म तिम्रा झूटा देवताको, मूर्तिहरु नष्ट गरिदिनेछु। 
ती झूटा देवताको मूर्तिहरुको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरु सबै उखेलेर फ्याँकिदिनेछु 
जसलाई तिमीहरु स्वयंले, आफ्नो हातले बनाएका थियौ, तिमीहरु त्यसको पूजा गर्ने पाउनेछैनौ। 
 14 म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। 
अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु। 
 15 त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। 
म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।”