61
प्रमुख संगीतकारलाई: तार वाध्यसँग दाऊदको भजन। 
 1 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। 
मेरो प्रार्थना सुनी दिनुहोस्। 
 2 म जहाँ भए तापनि, 
जस्तो कमजोर भए तापनि, 
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! 
मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्। 
 3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ। 
तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ। 
 4 म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। 
म तपाईंको शरणमा लुक्न चाहन्छु। 
 5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, 
तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्। 
 6 राजालाई दीर्घायु दिनुहोस्। 
ऊ अनन्त सम्म बाँचोस्! 
 7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। 
तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्। 
 8 अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु। 
प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।