24
परमेश्वर अनि इस्राएल तिनीहरूको करार बनाउनोछन्
परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ। तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे। तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे। 10 इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे। 11 इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।
मोशा परमेश्वरको आज्ञा लिन जान्छन्
12 परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
13 यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे। 14 मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”
मोशा परमेश्वरसित भेंट गर्छन्
15 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। 16 परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो। 17 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
18 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।