52
प्रमुख संगीतकारलाई: जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”। “दाऊदको मस्किल भन्ने भजन।”
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
 
तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ!
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट* घरबाट यहाँ घरको माने “शरीर” हो। यो परमेश्वर तर्फ कवितात्मक भनाई हो परमप्रभुले सदा तिमीलाई ध्वंश पार्नु हुनेछ भनेर। धकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
 
तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
 

*52:5: घरबाट यहाँ घरको माने “शरीर” हो। यो परमेश्वर तर्फ कवितात्मक भनाई हो परमप्रभुले सदा तिमीलाई ध्वंश पार्नु हुनेछ भनेर।