65
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुतिगान।
सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
सबै मानिसहरू तपाईंकहाँ आउँछन्
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11 तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो।
12 तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13 चउरहरू भेंडाहरूले भरिएका छन्,
बेंसीहरू अन्नले पुरिएका छन्।
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।