101
दाऊदको भजन।
म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु।
परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु।
म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु।
परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन,
म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ।
म त्यस्तो गर्नेछैन!
म ईमान्दार हुनेछु।
म दुष्टपूर्ण कामहरू गर्नेछैन।
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने,
म त्यस मानिसलाई रोक्छु।
आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेरसोच्नेहरूलाई
म अनुमति दिनेछैन।
 
म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ
अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु।
खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ।
म मेरो घरमा झूटाहरू बस्न दिने छैन।
म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु।
परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।