120
मन्दिर तर्फ गइरहेको बेलाको गीत वा भजन।
म संकटमा थिएँ,
मैले परमप्रभुको सहायता मागें।
अनि उहाँले मलाई बचाउनु भयो!
हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
 
झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
 
तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
मैले भने म शान्ति चाहन्छु,
यसकारण तिनीहरूले युद्ध चाहे।