131
यात्रा स्तुतिगान, दाऊदको भजन।
हे परमप्रभु, म अंहकारी छैन।
म आफूलाई महत्व दिने काम गर्दिन।
म महानकार्य गर्ने कोशिश गर्दिन
म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
म चुपचाप छु, मेरो प्राण शान्त छ।
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
मेरो प्राण चुपचाप र शान्त छ।
 
हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर।
उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैं भरोसा गर!