1परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 2देवताहरूका परमेश्वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 4उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 5उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 6उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 7उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 8उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 9रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 10उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 11र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 12शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 13उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 14र इस्राएललाई त्यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 15तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्ट पार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्थानमा डोर्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 17उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 18उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 19एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 20र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 21उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 22उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 24उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 25जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 26स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।