4
व्यावस्था यरूशलेमबाट आउने छ
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ,
अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ
अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्,
“आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ,
र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ।
हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।”
 
किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ
र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ।
तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली
र भालाहरु चाँहि हँसिया बनाउनेछन्।
जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा
तरवार चलाउने छैनन्,
न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।
तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट
र नेभाराको बोट मुनि बस्नेछन्।
कसैले तिनीहरुलाई डर देखाउने छैन।
किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।
 
सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
राज्य फर्काएर ल्याइन्छ
परमप्रभु भन्नुहुन्छ,
“लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु
अनि धपाईएकाहरुलाई
र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ,
म भेला गर्नेछु।
 
“लङ्गडाहरुलाई एउटा बेचेको भाग
र फ्याँकिएकाहरुलाई
एउटा सामर्थी जाति तुल्याउनेछु।”
तिनीहरुमाथि सियोनमा
परमप्रभुले अब देखि
सदा-सर्वदै राज्य गर्नुहुनेछ।
अनि तिमी, हे एदेरका धरहरा,
सियोनकी छोरीको डाँडा।
पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन्
र यरूशलेमको छोरीको
अधिराज्य कायमहुनेछ।
जसरि पहिला थियो।
किन यरूशलेम बेबिलोन जानै पर्छ?
अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10 हे सियोनकी छोरी,
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ।
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ
र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
तिम्रो उद्धार गर्नुहुनेछ।
परमप्रभुले अन्य राज्यहरुलाई नाश गर्नुहुनेछ।
11 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्,
“त्यो अशुद्ध होस् र सियोनलाई
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
 
12 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्।
न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं
तिनीहरुलाई जम्मा गर्नु भएकोछ।
इस्राएलले त्यसको शत्रुहरुलाई पराजित गर्ने छ।
13 “हे सियोन छोरी, उठ अनि दाइँ गर
किनभने म तिम्रा सींङहरुलाई
फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु।
तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ
र तिनीहरुको धन-सम्पत्ति
सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”